• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • ६ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • ६ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • ७ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • ८ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान
  • ९ घण्टा 

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ४. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • ५. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ६. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ७. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ८. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ९. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • १०. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

के पूर्वराजा ज्ञानेन्द्र सक्रिय राजनीतिमा फर्किन लागेका हुन् ?

जानकारी केन्द्र २०७९, चैत्र, १६

काठमाडौं । हिन्दुराज्य र राजतन्त्रको माग गर्दै आन्दोलनमा देशका विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरेको नागरिक समूहले पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गर्ने भएका छन् ।

नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक एवं पूर्वमन्त्री केशरबहादुर विष्टको संयोजकत्वमा गठित नागरिक अभिनन्दन मूल समारोह समितिले पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गर्न लागेको हो ।

इनरुवास्थित खेल मैदानमा चैत २० गते नागरिक अभिनन्दन हुँदै छ । १ हजार १ सदस्यीय मूल समारोह समितिमा सिनेट श्रेष्ठ, रमा सिंहलगायत पूर्वराजावादी सदस्य छन् । नागरिक अभिनन्दन समारोहमा सबै दलका नेतालाई व्यक्तिगत रूपमा निम्तो पठाउने तयारी भइरहेको संयोजक विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘यो कार्यक्रममा पार्टीगत रूपमा ठूला पार्टीका कोही नआउलान् तर व्यक्तिगत रूपमा सयौं जनाले सहभागिता जनाउनेछन् ।’ उहाँले नागरिक अभिनन्दनका लागि देशभरबाट नेपाली जनता इनरुवामा आउने क्रम शुरू भएको बताउनुभयो । समारोहमा राप्रपाको केही नेता आउने कार्यक्रम रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको इसारामा वर्तमान सरकारमा सहभागी नभएको र पुष्पकमल दाहाललाई विश्वासको मत नदिएको राप्रपाले समेत नागरिक अभिनन्दनमा आफ्ना नेता र कार्यकर्तालाई जान आग्रह गरेको छ ।

पूर्वराजालाई सक्रिय बनाउन आन्दोलन गर्ने तयारी गरेको राप्रपाले एक साता अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर, उपाध्यक्ष रवीन्द्र मिश्रसहितको टोलीले झापास्थित चिया बगानमा भेट गरी राजनीतिमा सक्रिय हुन सुझाएका थिए ।

राप्रपाले आन्दोलनको तयारी थाल्नु र पूर्वराजालाई नागरिक अभिनन्दन गर्नु आन्दोलनको स्वरूप भएको राजावादीको भनाइ छ । अहिलेको अवस्थामा नागरिक अभिनन्दन गर्न नहुने सुरक्षा निकायको ठम्याइ छ ।

पछिल्लो दुई महिनायता राजनीतिमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र आइतबार इटहरीको शिवालय धाममा आरती कार्यक्रममा सहभागी हुनुभएको थियो ।

पछिल्लो एक महिना यता कहिले भारत भ्रमण त कहिले राप्रपा र राजावादीका नेतासँग गोप्य भेट जारी राखेका ज्ञानेन्द्रले राजतन्त्र र हिन्दुराजाको एजेन्डालाई मूल मुद्दा बनाउँदै सक्रिय राजनीति शुरू गर्न थाल्नुभएको छ । सोही मुद्दालाई सार्थक बनाउन राप्रपाले निरन्तर ज्ञानेन्द्रको साथ खोजिरहेको छ ।

राप्रपा नेपालले संघीयता खारेजीको मुद्दालाई चर्काउन सडक आन्दोलन गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र भने नागरिकसँग नजिक भइरहनुभएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशमा मौन नबस्ने संकेत गरेका ज्ञानेन्द्रले सडक र सदनबाट हिन्दुराज्य र राजतन्त्रको मुद्दा दलहरूलाई सहकार्यका निम्तिसमेत उहाँले आह्वान गर्नुभएको थियो ।

सोही अभियानअन्तर्गत फागुन २२ गते सपरिवार भारत भ्रमणमा गएका थिए । लगत्तै राप्रपाका अध्यक्षसहितको नेतासँग भेट गर्नुलाई महत्वका साथ हेरिएको छ ।

मंसिर ६ देखि झापा रहँदै आएका ज्ञानेन्द्रले राप्रपाका सबै नेतासँग गोप्य छलफल गरी आन्दोलनमा होमिन सुझाउनुभएको छ । त्यसको परिणामस्वरूप तीन दिनअघि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनजीविकाका लागि आन्दोलन गर्ने बताएका थिए ।

पछिल्लो समयमा राजनीतिमा सक्रिय देखिन थाल्नुभएका ज्ञानेन्द्रले राजतन्त्रसहितको प्रजातन्त्रको पक्षमा खुलेरै लाग्नुभएको छ । करिब एक महिनाअघि दुर्गा प्रसाईंले आयोजना अभियानको प्रमुख अतिथि बन्दा आलोचना खेप्नुपरेका ज्ञानेन्द्रले राजनीतिमा सक्रियता खोजेको देखिएको छ ।

हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन राजावादीलाई गोप्य रूपमा दबाब दिनुभएकोे झापा बसाइका क्रममा राप्रपाका उच्च तहका नेता तथा कार्यकर्तासँग निरन्तर भेटमा हुनुहन्छ ।

कहिले चितवन त कहिले जनकपुर र सिमरा आउँदै जाँदै गर्नुभएका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडारूपमा उठाउन आग्रह गर्नुभएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

ताजा

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.