काठमाण्डौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।





