मतदातालाई डा. भट्टराई अपिल, उपेन्द्र यादवलाई जसरी पनि रोकौं
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आगामी उपचुनावमा विचार पुर्याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन् ।
वैशाख १० गते हुने तनहुँ १, चितवन २ र बारा २ मा प्रतिनिधिसभा उपनिर्वाचन हुँदै छ । त्यसका लागि आज तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गरिँदै छ । त्यसलाई लक्षित गर्दै भट्टराईले चुनावको महत्त्व स्मरण गराएका हुन् ।
उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै केही नेतालाई सत्तामा पुर्याउन लाइसेन्स दिने कर्मकाण्ड नभएको भन्दै विचार पुर्याउन मतदातालाई अपिल गरेका हुन् ।
बारा २ बाट उपेन्द्र यादव फेरि चुनाव लड्दैछन् । उनी गत निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग झण्डै १५ हजार मतान्तरले विजयी भएका थिए ।
‘चुनाव केही वर्ष(महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव(उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दै छ, रोकौँ ।’
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
