Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २२
नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको भाउ नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य चैत ५ गते अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँ कायम भएको थियो ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

पछिल्लो समय विश्वमा आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरु सार्वजनिक हुन थालेका छन्। यही कारण विश्वभरका लगानीकर्ता सुन सञ्यच गर्नतर्फ लागेका छन्। यसले गर्दा सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्य बढेको विश्लेषकहरुले बताएका छन्।

Top Changing Nepal

युट्युब सट्स