Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

प्रधानमन्त्री प्रचण्डलाई तीन महिना मुख नदेखाउन महामन्त्री गगनको सुझाव

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २२
प्रधानमन्त्री प्रचण्डलाई तीन महिना मुख नदेखाउन महामन्त्री गगनको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य मन्त्रीहरुलाई तीन महिना मुख नदेखाउन सुझाव दिएका छन्।राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनको कार्यक्रममा बुधबार बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्ड र अन्य मन्त्रीहरुले निरन्तर कामममा लाग्नु पर्ने बताउँदै तीन महिना मुख नदेखाउन सुझाव दिएका हुन्।

उनले भने, ‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ। फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ। प्रधानमन्त्री र मन्त्रीहरुले त यो बेलामा फोटो खिच्नुपर्दैन। ३ महिना जति प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो। नराम्रो अर्थमा होइन। हामी छौं नि फुर्सदमा।’

 

Top Changing Nepal

युट्युब सट्स