अन्नपूर्णबाट फर्कँदै गरेको हेलिकोप्टर दुर्घटना, क्याप्टेन अधिकारी घाइते
जानकारी केन्द्र
२०७९, चैत्र, २६
काठमाडौँ । अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिएभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको हो । बेस क्याम्पबाट पोखरा फर्कने क्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनको उद्दारका लागि अर्को हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उक्त हेलिकोप्टर पोखराबाट अन्नपूर्ण बेस क्याम्पको लागि समान लिएर गएको थियो । सामान अनलोड गरेर फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । हेलीकोप्टरमा क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको भुलले जानकारी दिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
