रास्वपाका तीनसहित थप सात सांसदले चन्दा मागेको अडियो सार्वजनिक गर्दै दुर्गा प्रसाईँ
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ राष्ट्रिय स्वतन्त्र पार्टीकै थप तीन जना सांसदहरुको अडियो बाँकी रहेको बताएका छन् । उनले त्यो अडियो पनि चाँडै सार्वजनिक गर्ने बताएका हुन् । आफुसँग ७ जना अन्य सांसदहरुको यस्तै प्रकारको अडियो रहेको उनको दाबी छ ।
‘मंसँग ढाकाकुमार श्रेष्ठ बाहेक नै तीन जना रास्वपा सांसदको अडियो छ । जनतामाथि कुठाराघात भएको छ । सबैभन्दा कान्छो पार्टी पनि यस्तो हालत भएपछि भण्डाफोर गरेको हुँ,’ उनले भने ।
नयाँ राजनीतिक दलका रूपमा उदाएका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको भन्दै उनले रवि लामिछानेको पार्टी डेढ महिना पनि नपुगी भ्रष्टाचारमा लिप्त भएको बताए ।
‘श्रेष्ठ जस्तै अरु सात जनाको अडियो सार्वजनिक गर्न बाँकी छ । आठ वटा ठूला चन्दाका डिमान्डमध्ये एउटा मात्र सार्वजनिक गरिएको हो ।’
उनले भने, ‘बाँकी सात वटाले कति जनाको जग हल्लिन्छ त्यो पछि हेर्नु होला ।’ सांसद ढाकाकुमार श्रेष्ठ र प्रसाईँबीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
