Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

तातोपानी नाका आजदेखि एक साता बन्द रहने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २८
तातोपानी नाका आजदेखि एक साता बन्द रहने

काठमाडौं । पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो।

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो।

Top Changing Nepal

युट्युब सट्स