काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सोमबार तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ७ सय ५ रुपैयाँ कायम भएको छ।





