सप्तरीमा छुट्टाछुट्टै ठाउँमा आगलागी : पाँच घर जल्दा दुई जना घाइते
सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा पाँच वटा घर जलेको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् भने ६ वटा चौपाया जलेर मरेका छन् । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर १ बैरबामा मंगलबार आगलागी हुँदा तीन वटा घर जलेको छ ।
स्थानीय बिनय खंगको घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केको आगोले आगलागी हुँदा उनीसहित रामेश्वर खंग र धुरेन्द्र खंगको घर जल्दा रु १० लाख बराबरको क्षति भएको छ ।
उक्त आगो निभाउने क्रममा ५२ वर्षीय बिन खंगको ढाड र पिठयूँ जलेको छ भने ३५ वर्षीय राजिन्द्र सदाको नाक जस्ताबाट काटिएको छ । दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
आगलागीमा बिनय खंगको घरसहित १० क्वीन्टल धान, १ क्वीन्टल गहुँ, लत्ताकपडा, फर्निचर जलेको छ, भने एउटा बाछा समेत जल्दा रु ५ लाख बराबरको क्षति भएको छ । रामेश्वरको घरसहित १० क्वीन्टल धान, ५ क्वीन्टल गहुँ, नगद २० हजार, टेलिभिजन १ थानसहित सबै सामान जल्दा रु २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
यस्तै, बिरेन्द्रको घरसहित साइकल, टेलिभिजन १र१ थान, नगद रु ३० हजार, चामल ५० किलोसहितका सामान जल्दा रु १ लाख ५० हजार बराबरको क्षति भएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र कंचनरुप नगरपालिकाको दमकलले निभाएको थियो ।
यसैगरी रुपनी गाउँपालिकामा आगलागी हुँदा दुई वटा घर जल्नुका साथै पाँच वटा चौपायाको जलेर मृत्यु भएको छ । रुपनी गाउँपालिका वडा नम्बर २ पिपराही बस्ने राम नारायण साहको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागीले उनीसहित उनका भाई शिब नारायणको घर जलेको छ ।
आगलागीले रामनारायणको घरसहित घरभित्रका सबै सामान र तीन वटा खसीको जलेर मृत्यु हुँदा रु ५ लाख बराबरको क्षति भएको छ । आगलागीले शिवनारायणको घरसहित सबै सामान र दुई वटा बाख्रा जल्दा रु ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र शम्भुनाथ नगरपालिकाको दमकलले निभाएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
