सप्तरीमा छुट्टाछुट्टै ठाउँमा आगलागी : पाँच घर जल्दा दुई जना घाइते
सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा पाँच वटा घर जलेको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् भने ६ वटा चौपाया जलेर मरेका छन् । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर १ बैरबामा मंगलबार आगलागी हुँदा तीन वटा घर जलेको छ ।
स्थानीय बिनय खंगको घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केको आगोले आगलागी हुँदा उनीसहित रामेश्वर खंग र धुरेन्द्र खंगको घर जल्दा रु १० लाख बराबरको क्षति भएको छ ।
उक्त आगो निभाउने क्रममा ५२ वर्षीय बिन खंगको ढाड र पिठयूँ जलेको छ भने ३५ वर्षीय राजिन्द्र सदाको नाक जस्ताबाट काटिएको छ । दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
आगलागीमा बिनय खंगको घरसहित १० क्वीन्टल धान, १ क्वीन्टल गहुँ, लत्ताकपडा, फर्निचर जलेको छ, भने एउटा बाछा समेत जल्दा रु ५ लाख बराबरको क्षति भएको छ । रामेश्वरको घरसहित १० क्वीन्टल धान, ५ क्वीन्टल गहुँ, नगद २० हजार, टेलिभिजन १ थानसहित सबै सामान जल्दा रु २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
यस्तै, बिरेन्द्रको घरसहित साइकल, टेलिभिजन १र१ थान, नगद रु ३० हजार, चामल ५० किलोसहितका सामान जल्दा रु १ लाख ५० हजार बराबरको क्षति भएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र कंचनरुप नगरपालिकाको दमकलले निभाएको थियो ।
यसैगरी रुपनी गाउँपालिकामा आगलागी हुँदा दुई वटा घर जल्नुका साथै पाँच वटा चौपायाको जलेर मृत्यु भएको छ । रुपनी गाउँपालिका वडा नम्बर २ पिपराही बस्ने राम नारायण साहको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागीले उनीसहित उनका भाई शिब नारायणको घर जलेको छ ।
आगलागीले रामनारायणको घरसहित घरभित्रका सबै सामान र तीन वटा खसीको जलेर मृत्यु हुँदा रु ५ लाख बराबरको क्षति भएको छ । आगलागीले शिवनारायणको घरसहित सबै सामान र दुई वटा बाख्रा जल्दा रु ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र शम्भुनाथ नगरपालिकाको दमकलले निभाएको थियो ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

