उद्योग वाणिज्य महासंघको एशोसिएटको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्पन्न भएको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छिन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी श्रेष्ठ एशोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरेकी हुन् । विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैंमा खुशीको कुरा भएको बताइन् ।
उनले जित्न कठिन भएपनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दावी गरिन् । उनले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता समेत जनाइन् ।
एशोसिएट उपाध्यक्ष श्रेष्ठले निर्वाचनको बेलामा मात्रै प्यानल भएको तर निर्वाचन सकिएपछि सबै एक भएर काम गर्ने बताइन् । उनले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिवद्धता जनाइन् । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगतको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएकी छिन् । साथै जिल्ला नगरको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएकी छिन् ।
सम्बन्धित समाचार
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

