न्युजिल्याण्डविरुद्ध पाकिस्तानको दोस्रो जित, बाबरको शतक र हरिसको ४ विकेट
एजेन्सी । कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले पाहुना टोली न्युजिल्याण्डलाई ३८ रनले पराजित गरेको छ । पाँच खेलको टी(२० श्रृंखलामा पाकिस्तानको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा ८८ रनले विजयी भएको थियो ।
न्युजिल्याण्डले भने श्रृंखलामा लगातार दोस्रो हार बेहोर्यो । गएराति सम्पन्न खेलमा पाकिस्तानले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।
उसका लागि मार्क च्यापम्यानले ४० बलमा ४ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, ओपनर चाड बोवेसले २६ तथा कप्तान टम लाथमले १९ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन ।
पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा २७ रन दिए सर्वाधिक ४ विकेट लिए । त्यस्तै, इमाद वसिम, जमान खान र शादब खानले एकरएक विकेट हात लिए । कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले पाहुना टोली न्युजिल्याण्डलाई ३८ रनले पराजित गरेको हो ।
त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनायो । उसका लागि बाबरले ५८ बलमा ११ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय १ रन बनाए । टी(२० अन्तर्राष्ट्रियमा उनको यो तेस्रो शतक हो ।
त्यस्तै, विकेटकिपर मोहम्मद रिजवानले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रनको पारी खेले । यी दुई ओपनरबीच पहिलो विकेटका लागि ६४ बलमा ९९ रनको साझेदारी गरेका थिए ।
त्यस्तै, इफ्तिखार अहमदले अविजित ३३ रनको योगदान दिए । न्युजिल्याण्डका लागि म्याट हेनरीले दुई, जेम्स नीशम र रचिन रवीन्द्रले एकरएक विकेट लिए । यो जितसँगै सिरिजमा पाकिस्तानले २–० को अग्रता लिएको छ । पाकिस्तान–न्युजिल्याण्डबीचको तेस्रो टी–२० सोमबार हुनेछ
सम्बन्धित समाचार
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

