न्युजिल्याण्डविरुद्ध पाकिस्तानको दोस्रो जित, बाबरको शतक र हरिसको ४ विकेट
एजेन्सी । कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले पाहुना टोली न्युजिल्याण्डलाई ३८ रनले पराजित गरेको छ । पाँच खेलको टी(२० श्रृंखलामा पाकिस्तानको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा ८८ रनले विजयी भएको थियो ।
न्युजिल्याण्डले भने श्रृंखलामा लगातार दोस्रो हार बेहोर्यो । गएराति सम्पन्न खेलमा पाकिस्तानले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।
उसका लागि मार्क च्यापम्यानले ४० बलमा ४ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, ओपनर चाड बोवेसले २६ तथा कप्तान टम लाथमले १९ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन ।
पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा २७ रन दिए सर्वाधिक ४ विकेट लिए । त्यस्तै, इमाद वसिम, जमान खान र शादब खानले एकरएक विकेट हात लिए । कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले पाहुना टोली न्युजिल्याण्डलाई ३८ रनले पराजित गरेको हो ।
त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनायो । उसका लागि बाबरले ५८ बलमा ११ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय १ रन बनाए । टी(२० अन्तर्राष्ट्रियमा उनको यो तेस्रो शतक हो ।
त्यस्तै, विकेटकिपर मोहम्मद रिजवानले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रनको पारी खेले । यी दुई ओपनरबीच पहिलो विकेटका लागि ६४ बलमा ९९ रनको साझेदारी गरेका थिए ।
त्यस्तै, इफ्तिखार अहमदले अविजित ३३ रनको योगदान दिए । न्युजिल्याण्डका लागि म्याट हेनरीले दुई, जेम्स नीशम र रचिन रवीन्द्रले एकरएक विकेट लिए । यो जितसँगै सिरिजमा पाकिस्तानले २–० को अग्रता लिएको छ । पाकिस्तान–न्युजिल्याण्डबीचको तेस्रो टी–२० सोमबार हुनेछ
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
