मोटरसाइकलमा सवार दुई जनाको ट्रकले ठक्कर दिँदा मृत्यु
काठमाडौँ । ट्रकको ठक्करबाट दाङमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए।
तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो।
दुर्घटनाका घाइतेमध्ये गोपालको घटनास्थलमै मृत्यु भएको र घाइते सन्देशलाई घोरास्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताए । स्थानीयका अनुसार मोटरसाइकल गाउँबाट खैराचोकमा आउँदै थियो भने ट्रक नारायणपुरबाट तुलसीपुरतर्फ जाँदै थियो ।
दुबै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

