तुलसीपुर कारागारमा आफैंलाई गोली हानेको अवस्थामा सशस्त्र प्रहरीको शव फेला
जानकारी केन्द्र
२०८०, बैशाख, ४
दाङ । दाङको तुलसीपुर कारागारमा गोली चलेको छ। आइतबार राति साढे ८ बजेको समयमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी ३५ वर्षीय बसन्त केसी रहेका छन् । उनले ड्युटीमै खटिएका बेला आफैंलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको हो । उनले किन आत्महत्या गरे भन्ने विषयमा थप अनुसन्धान हुने डिएसपी मल्लले बताए ।
‘पारिवारिक विवादका कारण उनले गोली चलाएको हुनसक्ने आंशका छ । यही कारणले नै गोली चलाए भन्ने विषयमा थप अनुसन्धान भएपछि मात्रै थाहा हुन्छ’, डिएसपी मल्लले भने ।
मृतक केसीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको डिएसपी मल्लले जानकारी दिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
