तुलसीपुर कारागारमा आफैंलाई गोली हानेको अवस्थामा सशस्त्र प्रहरीको शव फेला
जानकारी केन्द्र
२०८०, बैशाख, ४
दाङ । दाङको तुलसीपुर कारागारमा गोली चलेको छ। आइतबार राति साढे ८ बजेको समयमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी ३५ वर्षीय बसन्त केसी रहेका छन् । उनले ड्युटीमै खटिएका बेला आफैंलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको हो । उनले किन आत्महत्या गरे भन्ने विषयमा थप अनुसन्धान हुने डिएसपी मल्लले बताए ।
‘पारिवारिक विवादका कारण उनले गोली चलाएको हुनसक्ने आंशका छ । यही कारणले नै गोली चलाए भन्ने विषयमा थप अनुसन्धान भएपछि मात्रै थाहा हुन्छ’, डिएसपी मल्लले भने ।
मृतक केसीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको डिएसपी मल्लले जानकारी दिए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

