आज नेप्से परिसूचक २३.६४ अंकले घट्यो
काठमाडौँ । आज सोमबार नेप्से परिसूचक २३.६४ अंकले घटेको छ । आज नेप्से २३.६४ अंकले घटेर १ हजार ९ सय ८ दशमलब ०४ को विन्दुमा कायम भएको हो । हिजो आइतबार नेप्से परिसूचक २.८० अंकले घटेको थियो । हिजो २.८० अंकले घटेर नेप्से १९३१.६८ को विन्दुमा कायम भएको थियो ।
आज नेप्से घटेसँगै कारोबार रकम पनि उत्साजनक देखिएन । आज नेप्सेमा ९२ करोड ७८ हजार बराबरको कारोबार भएको हो । आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि अरुण भ्याली हाइड्रोपावरको कारोबार अब्बल रह्यो ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ३३ लाख, एनआइसी एशिया बैंकको ३ करोड ११ लाख, माछापुच्छ्रे बैंकको २ करोड ६७ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सेयर बजार घटेसँगै सनराइज ब्ल्युचिप फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, उन्नति सहकार्य लघुवित्त, उपकार लघुवित्त लगायतका कम्पनीहरुको सेयरमूल्य पनि घटेको छ ।
आज सेयर बजार घटेतापनि केहि कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज नेप्सेमा कारोबार भएका ३ कम्पनीको सेयरमा सर्किट लागेको छ । आज आदर्श लघुवित्त, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । त्यस्तै, सिभिल बैंक डिभेन्चर २०८८ , सामलिङ पावर लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
