विषालु सर्पले डस्दा एक बालकले गुमाए ज्यान
काठमाडौं । सिरहामा विषालु सर्पले डस्दा एक बालकको ज्यान गएको छ । सर्पले डसेर गोलबजार नगरपालिका–८ भाइजिका श्याम साहका चार वर्षीय छोरा अविनासको मृत्यु भएको हो ।
बिहिबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बालकलाई सर्पले टोकेको थियो । उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि सुरुमा सिरहाको चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गण पुर्याइएको थियो ।
त्यहाँ उपचार समभव नभएपछि थप उपचारका लागि उनलाई सिरहाकै कर्जन्हामा रहेको फूलकुमारी अस्पताल लगिएको थियो । तर, उपचार गर्दा गर्दै बालकको मृत्यु भएको हो ।
गर्मी बढेसँगै तराई–मधेशका जिल्लामा सर्पले डस्ने क्रम बढ्न थालेको छ । विषालु सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल नपु¥याउँदा मृत्युको जोखिम धेरै हुने चिकित्सकहरु बताउँछन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
