विषालु सर्पले डस्दा एक बालकले गुमाए ज्यान
काठमाडौं । सिरहामा विषालु सर्पले डस्दा एक बालकको ज्यान गएको छ । सर्पले डसेर गोलबजार नगरपालिका–८ भाइजिका श्याम साहका चार वर्षीय छोरा अविनासको मृत्यु भएको हो ।
बिहिबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बालकलाई सर्पले टोकेको थियो । उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि सुरुमा सिरहाको चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गण पुर्याइएको थियो ।
त्यहाँ उपचार समभव नभएपछि थप उपचारका लागि उनलाई सिरहाकै कर्जन्हामा रहेको फूलकुमारी अस्पताल लगिएको थियो । तर, उपचार गर्दा गर्दै बालकको मृत्यु भएको हो ।
गर्मी बढेसँगै तराई–मधेशका जिल्लामा सर्पले डस्ने क्रम बढ्न थालेको छ । विषालु सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल नपु¥याउँदा मृत्युको जोखिम धेरै हुने चिकित्सकहरु बताउँछन् ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

