वैशाख १० मा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारसँग अनुरोध गरेको छः सहप्रवक्ता
काठमाडौं । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
‘वैशाख १ देखि ७ सम्म प्रत्येक वडामा दुईजना स्वयंसेवक पठाएर मतदाता शिक्षा सम्पन्न भएको छ । मतदान स्थलमा मतदान सामग्री पुगिसकेका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत पुगिसकेका छन् । आजबाट मदिरा बिक्रीवितरण र हातहतियार बोकेर हिँड्न नपाइने सूचना टाँस भइसकेको छ । आज र भोलि सर्वपक्षीय बैठक राखेर निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउने काम हुन्छ,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले भने ।
हिजो रातिबाट स्थिर समय सुरु भएकाले आचारसंहितामा कडाइ गरिएको पनि उनले बताए । उनले भने, ‘उम्मेदवारहरुलाई प्रचारप्रसारको समय बिहीबार रातिसम्म थियो । अब स्थिर समय सुरु भएको छ । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न यो अवधि महत्तवपूर्ण छ । यस अवधिमा के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने आचारसंहितामा स्पष्ट छ ।’
लोकतन्त्रको मेरुदण्ड मानिएको निर्वाचनलाई स्वस्थ बनाउन वचनले मात्र नभई व्यवहारबाट अनुभूत हुनुपर्ने सहप्रवक्ता अर्यालले बताए । उनले भने, ‘आचारसंहिताविपरीतका क्रियाकलाप लोकतन्त्रका भाइरस हुन् । यसले लोकतन्त्रलाई रोगी बनाउँछ । त्यसबारे सजग र सचेत हुन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । स्थानीय प्रशासनलाई त्यस्ता गतिवधि रोक्ने, पक्राउ गर्ने र जफत गर्ने अधिकार छ ।’ आयोगले सहसचिवको नेतृत्वमा तीनवटै उपनिर्वाचन क्षेत्रमा केन्द्रीय आचारसंहिता टोली खटाएका पनि उनले जानकारी दिए ।
सामाजिक सञ्जालमा पनि निर्वाचन आयोगले निगरानी बढाएको अर्यालले बताए । उनले थपे, ‘सामाजिक सञ्जालमा कसैको पक्षमा मत माग्दै पोस्ट गर्ने, लाइक र कमेन्ट गर्न पाइँदैन । बैठक, आमसभा, कोणसभा, अन्तर्क्रिया र छलफल गर्न पाइँदैन । सामाजिक सञ्जालमा अनेपक्षित गतिविधि गर्न हुँदैन । नागरिकको चेतनास्तर बढेकाले पनि त्यस्ता गतिविधि हुँदैनन् भन्ने अपेक्षा छ ।’
तीनवटै क्षेत्रको उपनिर्वाचनका कारण सरकारलाई वैशाख १० गते सार्वजनिक बिदा दिन माग गरेको पनि उनले बताए । सहप्रवक्ता अर्यालले भने, ‘यातायातलाई व्यवस्थित गर्न र शान्ति सुरक्षाका लागि पनि सार्वजनिक बिदा आवश्यक हुन्छ । हामीले तीनवटै तहका सरकारलाई बिदाका लागि अनुरोध गरेका छौं ।’
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
