• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • ८ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • ८ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १० घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • ११ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १४ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १५ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १५ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा

जानकारी केन्द्र २०८०, बैशाख, २२

काठमाडौं । पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा बुधबार बसेको बैठकले नेपाली सम्बन्धनमा विदेशमा खुलेका नेपाली पाठ्यक्रममा आधारित पठनपाठन गराइने विद्यालयहरूले सामाजिक अध्ययन अंग्रेजी भाषा माध्यमबाट पठनपाठन गर्नगराउन पाइने निर्णय गरेको हो। साथै नेपालमा खुलेका विदेशी कूटनीतिक नियोगका विदेशी विद्यार्थी अध्ययन गर्ने विद्यालयहरूमा समेत अंग्रेजी माध्यमबाट सामाजिक विषय शिक्षण सिकाइ गर्न गराउने निर्णय गरेको गरिएको परिषद्का अध्यक्ष शिक्षामन्त्री राईले बताए।

उनले हाल विद्यालयहरूमा सामाजिक अध्ययन विषय नेपाली माध्यमबाट पठनपाठन गराउँदा विदेशी विद्यार्थीहरूलाई बुझ्न अप्ठयारो भएको भनी आएको गुनासोका आधारमा परिषद्ले विद्यालय तहमा सामाजिक अध्ययन विषयलाई नेपाली र अंग्रेजी दुवै भाषा माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको जनाए।

यो निर्णय आगामी वर्ष एसइई दिने सवालमा पठनपाठन मिलाउने गरी भएको हो। ‘विदेशमा बसेका नेपालीका बच्चाबच्चीको नेपाली भाषा आधार र नेपालमै बसेका विदेशी बच्चाबच्चीको नेपाली भाषाको आधार कमजोर रहेको पाइएको गुनासाहरू आए,’ मन्त्री राईले भने, ‘बुधबारको बैठकले भने यी दुवै किसिमको विद्यालय र विद्यार्थीको हकमा अंग्रेजी र नेपाली दुवै भाषा माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको हो।’

मन्त्री राईले निर्णयबारे बताउँदै भने, ‘अहिले विद्यालय तहमा सामाजिक विषय अनिवार्य रूपमा नेपाली भाषा माध्यमबाट अध्ययन गराउँदा समस्या आएको विद्यालयहरूको गुनासो आयो। अब सबै विद्यालयको सवालमा कस्तो निर्णय गर्ने बारे थप अध्ययन गरि मात्र अर्को निर्णय हुन्छ। अहिलेलाई अन्य विद्यालयहरूमा भने नेपाली भाषा माध्यमबाटै समाजिक विषयको पठनपाठन हुने निर्णय हो।’

दुई वर्षअघि मात्र नेपाली भाषा र राष्ट्रियता प्रवर्धन गर्न भनेर विज्ञहरूसँग बृहत् छलफलपछि विद्यालय तहको समाजिक अध्ययन विषयलाई नेपाली भाषामा पढाउन थालिएको हो। अर्कातर्फ निजी विद्यालयहरूले भने सामाजिक विषयलाई पनि अंग्रेजी भाषा माध्यमबाट पढाउन पाउनुपर्ने निर्णय गराउन दबाब दिँदै आएको स्रोतले बतायो।

यति मात्र होइन, यही निर्णयमा टेकेर निजी विद्यालय सञ्चालकहरू सामाजिक अध्ययन अंग्रेजी भाषा माध्यमबाटै पढाउने तरखरमा रहेको स्रोत बताउँछ। यही आधारमा अब राष्ट्रिय परीक्षा बोर्डले अगामी वैशाख २६ गते सुरु हुने कक्षा १२ को प्रश्नपत्र तयारीमा जुटेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.