• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १८ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • २१ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • २२ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • २२ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • २. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ३. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

नेपालमा गाई–भैँसीमा डल्ले तच्वा रोग ‘लम्पी स्किन’ रोगको स्थीती डा. केदार कार्की

जानकारी केन्द्र २०८०, बैशाख, २४

काठमाडौँ । ‘लम्पी स्किन’ नामक नयाँ संक्रामक रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी हुने र मर्ने दर बढ्न थालेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको पशु सेवा विभाग र प्रदेशस्थित कृषि मन्त्रालयको तथ्यांकअनुसार दुई वर्षअघि भित्रिएको यो रोग देशभरका ४९ जिल्लामा पुगिसकेको छ ।

अहिलेसम्म १४ हजार तीन सय ६६ गाई, भैँसी र गोरु यो रोगका संक्रमणमा परेको केन्द्रीय पशुपक्षी अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ । तर, यो रोगबाट लाखौँ पशुचौपाया संक्रमित भएको प्रारम्भिक अनुमान छ । १० असार ०७७ मा मोरङको सुन्दर हरैँचा नगरपालिकामा रहेका किसानका गाईमा पहिलोपटक ‘लम्की स्किन’ रोग देखा परेको थियो । सुरुका दिनमा नियन्त्रणका लागि खासै चासो नदिएपछि अहिले यो रोगले महामारीको रूप लिएको हो ।

आर्थिक वर्ष ०७७/७८ बाट सुरु भएको यो रोग पहिलो वर्ष नै आठ जिल्लाको ११ पालिकामा देखिएको थियो । त्यतिखेर एक हजार चार सय ५८ गाई र पाँचवटा भैँसीमा संक्रमण भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । सो आवमा लम्की स्किन रोगका कारण १३ गाई मरेका थिए । आव ०७८/७९ मा १६ जिल्लाका २९ पालिकामा रोगको संक्रमण फैलिएको र एक हजार आठ सय ३१ गाई र सातवटा भैँसी संक्रमित भएको प्रयोगशालामा परीक्षणपछि पुष्टि भएको थियो । चालू आव ०७९/८० मा भने प्रयोगशालामा परीक्षण भएका ११ हजार ६५ चौपायामा यो रोग देखा परिसकेको छ । यतिवेला देशभरका ४९ जिल्लामा यो रोगको संक्रमण देखिएको छ । देशका अन्य जिल्लामा पनि यो रोग सर्न सक्ने जोखिम बढेको र यो वर्ष मात्रै करिब १२ सयभन्दा बढी पशुचौपाया यही रोगका कारण मरिसकेको छ ।

चालू आवमा कोसी प्रदेशमा इलाम र संखुवासभामा यो रोग फैलिएको थप चार जिल्ला पाँचथर, तेह्रथुम, धनकुटा र उदयपुरमा समेत संक्रमण फैलिइसकेको छ । मधेस प्रदेशमा गत वर्ष रौतहट र सिराहामा संक्रमण देखिएको थियो । बागमती प्रदेशमा चितवन, सिन्धुली र मकवानपुरमा रोगको संक्रमण फैलिएको थियो  । पशु सेवा विभागमातहतको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका अनुसार बागमतीको दोलखामा पनि यो रोगको संक्रमण पुष्टि भएको छ । विभागका अनुसार बागमतीको ललितपुर, काठमाडौं र रामेछापमा गत वर्ष लम्पी स्किन देखा परेको थियो ।

नवलपरासीमा मात्रै लम्पी स्किन देखिएको गण्डकीका थप तीन जिल्ला स्याङ्जा, लमजुङ र गोरखामा पनि रोग फैलिइसकेको छ । लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा यो रोग फैलिसकेको छ । पहाडी जिल्ला पाल्पामा पनि पुगेको छ  । ‘अलि बढी दाङ र पश्चिम नवलपरासीमा असर परेको छ,’।’ केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका अनुसार लुम्बिनीको प्युठान र रोल्पामा पनि संक्रमण भेटिएको छ ।कर्णाली प्रदेशमा गत वर्षभन्दा पनि तीव्र रूपमा लम्पी स्किन देखा परेको छ  । गत वर्ष सल्यान, जाजरकोट र रुकुम पश्चिममा देखिएको थियो । यसपटक सुर्खेतमा समेत महामारीकै रूपमा फैलिएको छ । दैलेख र हुम्लामा समेत यो रोग फैलिएको छ  । ‘गत वर्ष गाई र गोरुमा मात्रै यो रोग देखिएको थियो, यसपटक भैँसीमा समेत सरेको छ,’ ।’ सुदूरपश्चिमका नौवटै जिल्ला (दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली) मा लम्पी स्किन फैलिएको छ,’ डोटीमा ५७ वटा जनावर यही रोगका कारण मरिसकेको जानकारी प्राप्त भएको छ ।’

सुरुमा अफ्रिकी देशमा देखिएको यो रोग बिस्तारै म्यानमार, थाइल्यान्ड, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो । दुई वर्षअघि मोरङमा यो रोग देखिएलगत्तै रौतहट, चितवन र मकवानपुरसम्म फैलिएको थियो । त्यतिवेला १५ सय गाईमा एकैपटक यो रोगको संक्रमण देखिएको पशु सेवा विभागको अनुसन्धानमा पाइएको थियो । तर, सरकारले रोग नियन्त्रणमा चासो नदिँदा अहिले देशभर महामारीको रूप लिएको हो । तराईबाट सुरु भएको यो रोग अहिले सबैभन्दा बढी मकवानपुरमा फैलिएको छ ।यो रोगबाट मकवानपुरमा ४५ गाईवस्तु मरिसकेका छन । कृषि मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार पहाडमा गाई थारो भएपछि बेच्ने र तराईबाट दुधालु गाई लैजाने प्रवृत्तिका कारण यो रोग पहाडी क्षेत्रमा सर्न पुगेको हो । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला का अनुसार पछिल्ला दिनमा लम्की स्किन रोग परीक्षणका लागि विभिन्न जिल्लाबाट नमुना आउने क्रम बढेको छ । ‘लम्की स्किन रोगको परीक्षणका लागि भन्दै विभिन्न जिल्लामा धेरै नमुना आउने गरेका छन् । तीमध्ये अधिकांशमा रोग पुष्टि हुने गरेको छ,’ उनले भने, ‘पछिल्लोपटक एक सय ५५ वटा नमुना परीक्षण गर्दा एक सय २८ वटामा लम्की स्किन रोग पुष्टि भएको छ ।

विश्वमा महामारी हिजो आजः
वीश्वमा यो रोग ३९वर्ष पहिले अफ्रिकी देश जाम्वीयामा देखिएको थियो त्यस पछि यो १९४३–१९४५ का वीच जिम्बावे एवं साउथ अफ्रिका १९४९ मा अफ्रिकामा यस रोगका कारण ८० लाख पशुहरु प्रभावित भए । त्यसपछि यो रोग अफ्रिका महाद्धीप वाहिर पहिलो पटक इजराइलमा १९४८ मा फैलीयो । २०१९ मा वगलादेश का साथै दक्षिण एशीयामा फैलीयो । भारतमा अगस्त २०१९ मा रोगको पहिलो विरामी फेला प¥यो । भारतमा यो रोग सर्वप्रथम पश्चिम बङगालमा वर्ष २०१९ मा देखियो पछि यो रोग तामीलनाडु कर्नाटक ओडीसा केरल आसाम छत्तीसगठ मध्य प्रदेश एवं राजस्थान हिमान्चलमा फैलीएको छ । यस रोगको चपेटामा लाखौ गाइ भैसी परे भने हजारौ को मृत्यु भयो । अब यसरोगलाई विव्श्व पशु श्वास्थ्य सङगठन ले सजीलै फैलीने खाले रोगको सुचिमा राखेको छ ।

रोगको महामारी जन्य प्रकृतिः एव प्रसारण
लम्पी स्कीन डिजीज प्रायसः भाइरल द्धारा फैलीन्छ । यो रोग एक पशुबाट अर्कामा फैलीन्छ । यो रोगलामखुटे, जुम्रा, उपिया, झिङगा पानी एव दाना आहारा घास पराल द्धारा फैलीन्छ । यस रोगको संक्रमण तेज गर्मी एवम पतझर को मौसममा धेरै बढेर जान्छ किनकी किरा फटढाङग्राहरुको संख्या पनी यती बेला बढेर जान्छ भाइरस नाक स्राव, ¥याल, रगत, आशु मा स्रवित हुन गर्दछ । यो रोग गाई भैसी का दुध खाने पाडि पाडा बाच्छा बाच्छी मा पनि संक्रमण हुन्छ । संक्रमणको ४२ दिन सम्म पनि विर्यमा पानि भइरस रहि रहन्छ । जस्का कारण यो रोग मादा पशु संगै आउने सन्ततीमा फैलीन सक्तछ । यो भाइरस मानिसमा संक्रमणिय हुदैन अहिले सम्म यस रोगबाट भारतमा राजस्थान ३।१० लाख गुजरात ७२ हजार पन्जाबमा २७ हजार हरियाना ७१००० हिमाञ्चल ५०० र उतराखण्डमा १०२५ पशुहरु विरामी भैसकेका छन । जस्मा मृत्यु दर ५ देखि १० प्रतिशत देखिएको तथ्याङक छ ।

कुन प्रदेशका कति जिल्लामा संक्रमण ?
कोसी : इलाम, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, धनकुटा, उदयपुर, मोरङ, झापा सुनसरी
मधेस स् रौतहट, सिराहा
बागमती : चितवन, सिन्धुली, मकवानपुर, दोलखा, ललितपुर, काठमाडौं, रामेछाप
गण्डकी : पूर्वी नवलपरासी, स्याङ्जा, लमजुङ, गोरखा, कास्की, तनहुँ
लुम्बिनी : पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा, प्युठान रोल्पा
कर्णाली : सल्यान, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, हुम्ला, दैलेख
सुदूरपश्चिम : दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली

सुरुमा कोसी प्रदेशको हिमाली जिल्लामा फाट्टफुट्ट रूपमा देखिएको लम्पी स्किन रोग पछिल्लो समय तराई र पहाडी जिल्लामा रहेका चौपायामा पनि तीव्र गतिमा फैलिन थालेको छ । अहिले यो रोग इलाम, झापा, मोरङ, संखुवासभा, भोजपुर, धनकुटामा तीव्र गतिमा फैलिइरहेको छ । रोग फैलिएको जिल्लामा करिब ५० हजारको संख्यामा गाई प्रभावित भएका छन । यो रोगबाट बाच्छारबाच्छी र बुढा गाईरगोरु धेरै मरेका छन् । ‘हालसम्म ठ्याक्कै तथ्यांक नभए पनि यो रोगले कोसी प्रदेशमा यो वर्ष मात्रै करिब दुईदेखि तीन सय पशुचौपाया मरिसकेको हाम्रो अनुमान छ  ।

गाई र भैँसीमा देखा पर्ने लम्की स्किन रोग सुदूरपश्चिमका नौवटै जिल्लामा फैलिएको छ । यो रोगबाट हालसम्म करिब एक हजार गाईभैँसी मरिसकेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ । चैत यता डडेल्धुरा, डोटी, बैतडी र दार्चुलामा यो रोग बढी फैलिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा। नरेशप्रसाद जोशीले जानकारी दिए । डडेल्धुराको भागेश्वर, पर्शुराम, आलिताल क्षेत्र, डोटीको जोरायल, बैतडीको पाटन र दार्चुलाको गोकुले क्षेत्रमा केही सातायता लम्की स्किन रोग व्यापक मात्रामा फैलिएको छ  ।

नमुना संकलन गरेर केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा लम्की स्किन पुष्टि भएको छ । ‘यो रोगबाट सुदूरपश्चिममा अहिले हजारौँ चौपाया संक्रमित छन् । रोगले कतिपय किसानका गाईगोठ रित्तिएका छन्, ‘नयाँ रोग भए पनि सुदूरपश्चिमका नौवटै जिल्लामा देखिएको छ ’ सबैभन्दा बढी क्षति डडेल्धुरामा भएको छ ।

यस्ता छन रोगका लक्षण :
यो रोगको संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा ९१ देखि ५ सेन्टिमिटरभन्दा ठूलो० देखिने, १ सय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने, खानेकुरा नखाने हुँदा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने समस्या देखिने पशु सेवा विभागले जनाएको छ । रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा संक्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने विभागले जनाएको छ । यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको छे। ‘उड्ने किराले संक्रमण फैलाउने गरेका छन । यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ,’ यो रोग मूलतः दुधालु गाई, भैँसीमा छिटो संक्रमण हुने प्रकृतिको छ ।

क्याप्रिपक्स भाइरसका कारण गाईभैँसीमा अत्यधिक संक्रमण गराउने सीमाविहीन रोग हो । ‘यस रोगमा मृत्युदर कम भए पनि यसले दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सिर्जना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ,’ । एउटा पशुबाट अर्को पशुमा सर्ने तथा संक्रमण भएको पशुलाई टोक्ने लामखुट्टे, किर्ना, भुसुनालगायत उडेर अर्को पशुलाई गई टोक्दा यो रोग सर्छ । रोग लागेका गाई वा भैँसीले दिएको दूधलाई उमालेर वा पास्चराइज गरेर उपभोग गर्दा मानिसमा कुनै असर गर्दैन । पशुचौपायामा जुन रोग देखिन्छ, तत्कालै सोही रोगको उपचार गरिहाल्यो भने लम्की स्किनबाट बचाउन सकिन्छ ।किनभने, ज्वरो आउने, खान नरुच्ने, किर्ना पर्ने, कचेरा र सिँगान आउनेलगायतका लक्षण देखिएको चार–पाँच दिनपछि मात्रै लम्की स्किनले रूप लिन्छ । ज्वरो आउनासाथ त्यसको उपचार गरेर निको पार्न सके लम्की स्किन हुनबाट पशुचौपायालाई जोगाउन सकिन्छ ।

यस रोगबाट ग्रसित पशुलाई स्वास्थइ पशुहरुबाट छुटयाएर राख्ने रोगी वा रोग ग्रसित पशुखरिद नगर्ने । यस रोग बाट ग्रसित पशुहरुलाई एक महिनाको लागी प्रथक राख्नु पर्छ । खोर गोठमा रोग फैलाउने किरा फटयाङग्रा हरुको नियन्त्रण व्यवस्थापन गर्नु पर्ने हुन्छ । पशु चिकित्सको सल्लाह अनुशार गोठ एवं वरिपरि उचीत किटनाशक औषधिहरु नियमित छर्नु पर्छ । गोठ एव वरिपरि उचित किटनाशक औषधिहरु नियमीत हुनुपर्छ । गोठ एव वरिपरि सरसफाईको उचित प्रवन्धन गर्नु पर्छ । गोठको भुइतल एवं पर्खाल लाई किटाणु रहित राख्नु पर्छ । यस्का लागी फिनोल २ प्र।श वा आयोडिनि युक्त किटनाशक घोल १ः३३ उयोग गर्नु पर्छ । पशुहरुहो दाना पानीका भाडा किटाणु रहित गर्नका लागि भिरोक, भिरोक–एस जस्ता औषधिहरु नियमित प्रयोग गरी धुनु पर्र्दछ । यसरोगको कारण पशुको मृत्यु भएमा टाढालगि गहिरो खाल्टो खनी पुर्नु पर्छ पशु रोग मक्त भएपछि रगत एव विर्यको जाँच प्रयोगशालामा गराउनु पर्छ यदि प्रयोगशाला परिक्षण बाट रोग मुक्त ठहरी त्यस्ता पशूको विर्य उपयोग गर्न सिकन्छ। विरामी पशुको उपचारका लागी अकसी –एल–ए जीट, भिटामिन वि कम्प्पलेक्स जस्ता औषधि प्रयोग गर्दा हुन्छ । स्थानिय घाउ खटिरा मा हेमेकस चमीर्ल मिपुरीयम जस्ता औषधी प्रयोग गर्दा हुन्छ । भारतमा लम्पी प्रो भ्याक इन्ड खोप उपलब्ध छ । जाखिीम भएका क्षेत्रहरुमा उमेर तालीका अनुशार प्रयोग गर्न सकिन्छ । नभए गाई भैसी लाई गोट पकस खोप लगाउन सकिन्छ । यस्को पनि सकारात्मक परिणाम पाइएको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.