अमेरिकी डिभी चिट्ठा : देश छाड्न चाहने नागरिकहरुको लाईनले देशको जरजर अवस्था उजागर
काठमाडौं । पढाइ होस वा कामको सिलसिलामा हरेक दिन देश छाड्न तम्तयार रहेका नागरिकको संख्याले देशमा विकासको आँधीहुरी ल्याए भन्ने नेताहरुलाई गिज्याइरहेको छ । राजनीतिक परिवर्तन पछि देशमा शान्ति र अमचयनको अपेक्षा सहित अब त देशभित्र बस्न गरिखाने वातावरण बन्लाकि भनेर आश गरेका जनताहरु आज कामको खोजिमा विदेशिन बाध्य बनेका छन् । विदेश जान चाहने नागरिकहरु हरेक दिन राहादानी विभाग धाउने गरेका छन् ।
हामी चर्को राष्ट्रियताका कुरा गर्छौं । देशभक्तिका कुरा गरेर थाक्दैनौं । सम्बृद्ध नेपालको नारा लगाएर थाक्दैनौं तर नेपालीहरुको विदेश मोहले देशभित्रको अवस्था उदांगो बनाएको छ । आज नागरिकहरु नागरिकता त्यागेर अरुको देशमा पलायन हुन तम्तयार भएर बसेका छन् । राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रको स्वरूप बदलिन सकेको छैन ।
कुनै पनि सरकारले युवावर्गलाई गरिखाने अवसर दिन सकेको छैन् । आज उच्च शिक्षा अध्यन गर्ने वाहाना होस वा कामको सिलसिलामा विदेश पलायन हुने क्रम दिन दुई गुना, रात चौगुनाको हिसावले बढ्दै गइरहेको छ । यस मामिलामा सरकारको दोहोरो नीति लिएको देखिन्छ ।
एकातिर बिदेसिएका युवालाई फर्काउने भनिरहेको हुन्छ भने अर्को तर्फ विभिन्न देशसँग श्रम सम्झौता गर्दै युवावर्गलाई विदेश पठाउने नीति अपनाएको छ । विडम्बना नै भन्नु पर्छ हाम्रो देशमा सिप विनाको शैक्षिक बेरोजगारको संख्या ठूलो छ ।
शिक्षित हुनु राम्रो कुरा हो तर काम नै नपाउने डिग्री गरेको सर्टिफिकेट बोक्नुको पिडा बेरोजगार युवालाई मात्र थाहा हुन्छ । हुन त नेताहरु आफुले देश विकास गरेको ठूला ठूला कुरा गरिरहेका हुन्छन् तर आज जसरी देशभित्र अवसर नदेखेर नागरिकहरु विदेशिँदै छन्, यसले विकासको क्रान्ति गरे भन्ने नेताहरुलाई नै गिज्याइरहेको छ ।
कुनै पनि वहानामा नागरिकहरुले देश छोडन र नागरिकता त्याग्न तयार हुनु राज्यका लागि राम्रो संकेत होइन । नेपाल जस्तो सानो अर्थतन्त्र र विकाशका लागि ठूलो सम्भावना भएको देशमा जे पनि गर्न सकिन्छ । नेपालको विकाश गर्ने नेतृत्व मुलुकले पाउने हो भने दश वर्षमै कायापलट हुन सक्छ । तर, दुर्भाग्यको कुरा त्यस्तो सरकार र नेतृत्वकर्ता जनताले पाउन सकेका छैनन् ।
राज्यसँग विकाश गर्ने स्पष्ट मार्गचित्र समेत छैन । गरिवी, अभाव, बेरोजगार, लगायतका समस्याहरूले मुलुक ग्रस्त छ । विधिको शासन हराएको छ । भ्रष्टाचार, अत्याचार, नाताबाद, कृपाबाद र आफन्तवादले जरा गाडेको छ । त्यसैले त युवावर्ग देश भित्र बस्न नसक्ने अवस्थामा पुगेको छ ।
सपनाको मुलुक अमेरिका पुग्ने रहर कसलाई नहोला ? ‘हाइफाइ लाइफस्टाइल’, उच्चस्तरीय प्रविधि, गगनचुम्बी भवन, सफा सुग्घर सडक, व्यस्त र रमाइलो दैनिकी अमेरिकाको पहिचान हो, तर न्यून स्तर भएका नेपालीहरूका निम्ति अमेरिका पुग्न त्यति सहज छैन ।
अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा ‘इडिभी’मा आवेदन दिएपछि सार्वजनिक भएको नतिजाले भने न्यून स्तरका नेपालीहरूलाई पनि अमेरिका पुर्याइदिएको छ । यद्यपि, चिट्ठा परेर भाग्य चम्किएका नेपालीहरूले अमेरिका पुग्न झन्झट पनि उत्तिकै बेहोर्नुपर्छ ।
यसरी चिट्ठा परेर पनि प्रक्रिया नबुझ्दा अलमलमा पर्ने नेपालीहरूको संख्या धेरै छ, तर अमेरिका पुगेर रमाउनेहरूले त्यस्ता झन्झट बिर्सिसकेका हुन्छन् । जब डिभी भिसा नेपालीको हातमा पर्छ र अमेरिका उड्छन् त्यसपछि उनीहरूमा नेपालमा फर्केर आउने लालच हटिसक्छ ।
डिभी परेर अन्य तवरले अमेरिका पुगेका नेपालीहरू हत्तपत्त नेपाल फर्कन चाहँदैनन्, किनभने अमेरिकी सरकारले क्षमता र योग्यताका आधारमा रोजगारीका लागि पहल गर्छ र व्यवसायमा प्रोत्साहित गर्छ । त्यसबाहेक ग्रिनकार्ड पाइसकेपछि नागरिकता लिन अरू पाँच वर्ष पर्खनुपर्छ ।
अमेरिका पुगेपछि गर्नैपर्ने काम
डिभी परेर वा अन्य तरिकाले अमेरिका पुगेपछि अमेरिकाको कानुनको अध्ययनलाई प्राथमिकतामा राख्नुपर्छ । सोसल सेक्युरेटीका लागि आवेदन दिने साथै परिचय पत्र बनाउने काम दोस्रो प्राथमिकतामा हुनुपर्छ ।
अमेरिकामा निजी गाडी अनिवार्य हुने भएकाले गाडी चलाउन सिक्नु र अनुमतिपत्र लिनु अनिवार्य छ । मेडिकल इन्स्युरेन्स अमेरिकामा अनिवार्यजस्तै छ ।
सुरुमा अमेरिका प्रवेशपछि अध्ययन तथा बसोबास नजिकै रोजगारी खोज्नुपर्छ, तर अरूको प्रगति देखेर हीनताबोध गर्नु हुँदैन । मेहनतका साथ अवसरको सदुपयोग गरेपछि आफूले पनि प्रशस्त प्रगति गर्ने सम्भावना रहन्छ । यहाँ वार्षिक आयकरचाहिं तिर्नुपर्छ ।
अमेरिकी जीवनशैली अनुसार चल्न केही समय लाग्ने भएकाले अताल्लिनु हुँदैन । अमेरिका पुगेपछि बैंक खाता खेल्ने, क्रेडिट कार्ड लिने तथा ग्रिनकार्ड बनाउने काम अनिवार्य रूपमा गर्नैपर्ने काम हुन् ।
नेपालको शैक्षिक योग्यताको खासै महत्व हुँदैन
जुनसुकै माध्यमबाट अमेरिका गएपनि कुन सहरमा र कति समय काम गर्ने भन्ने विषयले मानिसको आय निर्धारण गर्छ । हप्ताको ४० घन्टा कामको निर्धारित समय हो । सरदर १० डलरसम्म प्रतिघण्टा कमाउन सकिन्छ ।
त्यहाँको सरकारले सबैलाई समान व्यवहार गर्छ तर सरकारी सेवा–सुविधा कति लिन सक्ने हो, त्यो आफ्नै क्षमतामा भर पर्छ । नेपालीहरूले रोजगारी पाउन सक्ने क्षेत्र डिपार्टमेन्टल स्टोर, स–साना किराना पसल, रेस्टुराँ, कफी सप, ग्याँस स्टेसन आदि हुन् ।
सुत्ने र रमाउने समय थोरै
डिभी परेर अमेरिका आउँदा सबैथोक मिल्छ भनेर नसोच्नुहोला । त्यहाँ त आफ्नो क्षमता र सीपले काम गर्ने हो । सरकारले सबैथोक दिन्छ भन्ने भ्रममा पर्नु पनि बेकार छ । आफ्ना लागि काम आफैंले खोज्नुपर्छ ।
सरकार र सहयोगी मनहरूले केही आइडिया चाहिं दिन सक्छन् । त्यहाँ आइसकेपछि सुरुका केही महिना अत्यन्तै दुख हुन्छ । काम नगरी केही हुँदैन । सुत्ने र रमाउने समय थोरै हुन्छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
