सांसद अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आरजु देउवा निकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।
सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ । कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थालेका हुन् । त्यसयता उनले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ ।
‘२०६३ सालबाट एकै पटक नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ,’ उजुरीमा भनिएको छ, ’निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो ।’
सर्लाहीबाट आर्थिक चलखेलले पटक–पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप उनलाई लगाइएको छ । सोमबार बसेको संसद बैठक सुरु हुने बित्तिकै विरोधमा उत्रिएका अमरेशले बोल्न नपाएको भन्दै शरीरको माथिल्लो भागको सबै लुगा खोलेर विरोध गरेका थिए ।
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

