• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

सगरमाथा आरोहण : पहिलो दिनमै दुई किर्तिमानी

जानकारी केन्द्र २०८०, जेष्ठ, १

काठमाडौं । सगरमाथा आरोहण खुलेको पहिलो दिन पाँच शेर्पासहित १० जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। इमेजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनबाट आरोहणमा गएका १० जनाले आइतबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्।

विदेशी आरोहीमध्ये यस सिजनमा पहिलो आरोहण पाकिस्तानकी नैला कैनीले गरेको इमेजिन नेपालले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले आरोहण खुलेसँगै आरोहीहरू सगरमाथाको हिलारी स्टेप, साउथकोल आसपास पुगिसकेकाले सोमबार बिहानसम्म थप आरोही चुचुरोमा पुग्ने बताए। उनले भने, “इमेजिन नेपालबाट आरोहणमा गएका पाँच आरोही र पाँच जना शेर्पाले आइतबार आरोहण पुरा गरेका छन्। अन्य कम्पनीमार्फत आरोहणमा गएका आरोहीसमेत चुचुरोतर्फको यात्रामा छन्।”

पहिलो आरोहण पुरा गर्नेमा पाकिस्तान, बेलायत, हङ्गेरी, अमेरिका र चीनका एक–एक जना रहेको उनले बताए। जारी सिजनको सगरमाथा आरोहण शनिबारदेखि सुरु भएको हो। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्न) गरेपछि शनिबारदेखि आरोहणको ढोका खुलेको हो।

पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका छन्। आरोहण सुरु भएसँगै पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण सगरमाथा क्षेत्रको आकाशमा बादल जम्मा हुन थालेको छ। इमेजिन नेपालका कार्यकारी निर्देशक शेर्पाले सगरमाथा क्षेत्रमा हावाको गति अनुकूल रहे पनि बादल भित्रिने क्रम सुरु भएकोले मौसमले आरोहणमा कति साथ दिन्छ भन्ने यकिन छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित मोखा चक्रवातको प्रभावले नेपालको आरोहण क्षेत्रमा असर नहुने जनाइएको छ। मौसमविद् समीर श्रेष्ठका अनुसार मोखा चक्रवात पूर्वतर्फ सरिरहेकोले यसले नेपालमा असर नगरी भुटान, बङ्गलादेश, थाइल्यान्ड र म्यान्मारमा ज्यादा असर गर्ने देखिन्छ। अमेरिकी महिला आरोही जेसिका रे वेडेल पाठेघरको क्यान्सर रोगलाई परास्त गर्ने पहिलो सगरमाथा आरोही बनेकी छन्। उनी पाठेघरको क्यान्सरबारे जनचेतना जगाउन सगरमाथा आरोहणमा गएकी थिइन् ।

त्यस्तै नेपाली पथप्रदर्शक ४६ वर्षीय पासाङ दावा शेर्पाले सगरमाथाको २६औँ पटक आरोहण गरेका छन् । उनी २६ पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन्। पर्यटन विभागका अनुसार २६औँ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान बनाएका थिए। कामी रिता शेर्पा पनि सगरमाथा आरोहण क्रममा रहेकाले उनले यस पटक २७औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाउने सम्भावना छ। गोरखापत्र दैनिकबाट

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.