के हो फुटसल , कसरी सुरू भयो यो खेल र कसरी खेलिन्छ थाहा पाइ राखाैं- जानकारी केन्द्र
सन १९३० बाट औपचारिक रुपमा ब्राजिलबाट सुरु भएको फुटसल खेलको नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ | ब्राजिलमा ठुलो मैदान अभावलाई परिपूर्ति गर्न यसको विकास भएको भएतापनि अहिले ठुलो खेलहरु जस्तै यसलाइ पनि फिफा (अन्तराष्ट्रिय फुटबल महासंघ)ले खेलका रुपमा मान्यता दिएको छ | यस खेलको विश्वकप पनि आयोजना हुने गरेको छ |
अन्तरास्ट्रिय स्तरको फुटसल पिचको आकार ४०/२० मिटरको हुने यस फुटसलमा एक समूहमा ५ जना गरि दुई टिममा जम्मा १० जना खेल्ने गरिन्छ | यस खेललाई फुटसल पिच र फुटसल बलबाट खेलिन्छ | साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भनिन्छ |
विश्व जगतमा केहि पहिलेदेखि यसको लोकप्रियता भएपनि नेपालमा यो खेल भित्रिएको धेरै भएको छैन | तर पनि छोटो समयमानै युवा पुस्ताहरु बीच यसको लोकप्रियता चुलिदो छ | फुटसल संचालकहरु पनि व्यवसाय फस्टाएकोमा दङ्ग छन् | यस फुटसल खेलमा कुनै पनि एज ग्रुप छैन, ठुला देखि साना सम्म खेल्न सक्छन
हाल काठमाडौँमा फुटसल खेल्न एक घण्टा बराबर एक हजारदेखी तिन हजारसम्म तिर्नुपर्ने भएका कारण सामान्यता केहि महँगो भएपनि यस खेलमा बालक देखि वृद्धसम्म रमाइरहेको भेटिन्छ | पछिल्लो समय विशेष त सहरी इलाकामा सर्वसाधारणका लागि खुल्ला खेल मैदानको अभावलाई परिपूर्ति गर्दै खेल प्रेमीहरुको इच्छा पूर्ति गर्न फुटसल एउटा राम्रो माध्यम बन्दै गएको छ |
निशानको कुरा वाट
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

