• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • ७ घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • ७ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • ९ घण्टा 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • ९ घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • २. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • ६. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ७. राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

  • ८. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • ९. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • १०. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’

जानकारी केन्द्र २०८०, जेष्ठ, ३

चितवन । नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका छन् ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा श्यामराज रेग्मीले समय समयमा शारीरिक परीक्षण र नियमित औषधि सेवन गरे उच्च रक्तचापले समस्या नल्याउने बताए । उनले उच्च रक्तचाप भएकाहरुले मुख्य गरी मुटु, मिर्गौला, मधुमेह, कोलेस्ट्रोल र थाइराइडको अवस्थाका बारेमा समयसमयमा परीक्षण गरेर हेर्नुपर्ने बताए ।
उच्च रक्तचाप हुने खास कारण कसैलाई थाहा नहुने जानकारी दिँदै उनले भने, “उच्च रक्तचाप हुने धेरै कारण हुन्छन्, ९५ प्रतिशत मानिसमा उच्च रक्तचापको कारण थाहा हुँदैन ।” पाँच प्रतिशतमा बाहिरी कारण हुने जनाउँदै उनले मिर्गौला, थाइराइडको रोग र इन्डोक्राइमसम्बन्धी रोग (हर्मोनको वृद्धि) का कारण उच्च रक्तचाप हुन सक्ने जानकारी दिए । उनले भने, “बाथ रोगमा उपयोग हुने स्टेरोइड भन्ने औषधि धेरै समयसम्म प्रयोग गरेपछि उच्च रक्तचाप हुन सक्छ ।”
दैनिक जीवनशैली र मोटोपनाका कारणले पनि उच्च रक्तचाप हुन सक्छ । यी सबैबाहेक केही नभएकालाई पनि उच्च रक्तचाप हुन सक्ने उनले बताए । वंशजका आधारमा पनि उच्च रक्तचाप हुनसक्ने डा रेग्मीको भनाइ छ । उनले भने, “उच्च रक्तचाप हुनु आफैँमा ठूलो कुरा होइन, अर्थात् रोग लाग्नु ठूलो कुरा होइन, रोग लागिसकेपछि उपचार र रोकथाम ठूलो कुरा हो ।”
रक्तचाप भनेको रगतका नली (रक्तनाली) मा चाप पर्ने हो । रक्तनली शरीरका सबै भागमा पुगेका हुन्छन् । त्यही भएर रक्तचापले शरीरका सबै भागमा असर गर्दछ । उनले भने, “मिर्गौला फैलिएर गराउन सक्छ, दिमागमा स्टक गरेर प्यारालाइसिस गराउन सक्छ, हातखुट्टाका नसा बन्द भएर नसै काट्नुपर्ने समस्या आउन सक्छ ।”
भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनिने जनाउँदै उनले विना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोग निम्त्याउन सक्ने बताए । उनले भने, “विश्वमै उच्च रक्तचापको अवस्था बढिरहेको छ, पहिला १० प्रतिशत, २० प्रतिशत उच्च रक्तचापका बिरामी थिए, अहिले बढ्दै गएर एक सयमा ३६ प्रतिशतसम्ममा उच्च रक्तचाप देखिन थालेको छ”, उनले भने, “मुटुले रगत फ्याँक्ने क्रममा रक्तनलीको भित्तामा दबाब पर्छ, त्यो दबाबलाई खासमा रक्तचाप भनिन्छ, नलीमा बग्ने रगत उत्तिकै छ, तर नली विभिन्न कारणले साँघुरो हुन पुग्यो भने रगतले नलीलाई दिने चाप बढ्छ ।”
उनका अनुसार यसरी रक्तनलीमा बढेको चाप नै उच्च रक्तचाप ( हाई बिपी) हो । त्यसका कारण मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता जस्ता विभिन्न स्वास्थ्य समस्याले अकालमै जीवन क्षति हुन सक्ने उनले बताए ।
उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, टाउको भारी हुने, नाकबाट रगत बग्ने, अनिद्रा, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, श्वास लिन कठिनाइ हुने, अचानक डर लाग्ने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने उनको भनाइ छ ।
वयस्क व्यक्ति हरेकले कम्तीमा पनि एक वर्षमा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउन डा गौतमले सुझाव दिए । यसो गरे भविष्यको सम्भावित दुर्घटनाबाट बच्न सकिने जनाउँदै उनले उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनुपर्ने बताए । उनले भने, “यदि कसैको घरमा उच्च रक्तचापका बिरामी छन् भने उसको घरपरिवार झन् बढी सजक हुनुपर्छ, परिवारको सबैले समयसमयमा उच्च रक्तचाप जँचाउनुपर्छ ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

ताजा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.