• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • ६ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १० घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • ११ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • ११ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १२ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १३ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • १४ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • १४ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • २. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ३. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

  • ४. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ५. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ६. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ७. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ८. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ९. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • १०. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

जानकारी केन्द्र २०८०, जेष्ठ, ७

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि सांसदहरुले विभिन्न समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसदको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद् अजयकुमार चौरासियाले देशबाट गरिबि उन्मुलन गर्ने हो भने शिक्षा,स्वास्थ्य र पुर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले पर्सामा रहेको देशको पुरानो क्याम्पसमध्ये एक ठाकुरराम बहुमुखी क्याम्पस र नारायणी उपक्षेत्रीय अस्पतालको सुधारमा सरकारको ध्यानाकर्षण गराए ।

नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले हावाहुरीबाट मधेश प्रदेसमा ठुलो क्षति पुर्याएको उल्लेख गर्दै किसानलाई उचित राहातको व्यवस्था गर्न माग गरे ।

जनमत पार्टीकी सांसद् अनिता देवीले सरकारको गत वैशाख ५ गतेको मन्त्रिपरिषदले गरेको भूउपयोग सम्बन्धिको पहिलो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्दै जग्गाको कित्ताकाट गर्ने निर्णयको कार्यान्यवन नभएको भन्दै उक्त निर्णय तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरिन् ।

राप्रपा सांसद अनिशा नेपालीले नेपाल सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दै निर्णयको अवमुल्यंन गरिरहेको भन्दै आपत्ति जनाइन् । उनले सरकारले निर्धारण गरेको उखुको मूल्यमा नै किसानको उखु खरिद गरेर उखु किसानको समस्या समधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद अम्बरबहादुर थापाले दैलेखको डुंगेश्वर गाउँपालिका २ को लाकुरी भन्नै ठाउँमा गत शुक्रबार चट्टयाङ पर्दा घाइते भएका चार व्यक्ति र आठबीस नगरपालिकाको वनमा लागेको डडेलोमा परी मृत्यु र घाइते भएका परिवारलाई उचित राहात र निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे । उनले सुर्खेत- दैलेख -महाबु -मुगु-जुम्ला जोड्ने सडक तत्काल निर्माण गर्न सरकारसँग माग गरे ।

सांसद अम्बरबहादुर रायमाझीले देशभर कार्यरत रहेका ३५ हजार शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा रहेको स्मरण गराउँदै आन्दोलित कर्मचारीको उचित दरबन्दी र समूह निर्धारण गरेर उपयुक्त सेवा सुविधाको व्यवस्था गर्न माग गरे । उनले २०७९ भाद्र २२ मा मन्त्रिपरिषदले गरेको बाल विकास शिक्षा सम्बन्धिको निर्णय तत्काल लागु गर्ने वातावरण बनाउन माग गरे ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्यामा सरकारर गम्भिर नबनेको उल्लेख उखु किसानको बाँकी भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए ।

एमाले सांसद अमृतलाल राजवंशीले नागरिकता समस्या समधान नहुँदा लाखौ नेपालीले अनाहकमा दुख पाइरहेको भन्दै नागरिकता ऐन तत्काल जारी गर्न माग गरे ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले भूकम्पले जीर्ण बनाएको ऐतिहासिक,सांस्कृतिक,राजनीतिक महत्वको नुवाकोटको साततले दरबारको तत्काल पुनःनिमार्ण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नुवाकोट सम्पदा बस्ती विकास पहिलेनै भएको उललेख गर्दै नुवाकोट बासीमा खानेपानीको समस्या समाधान गर्नपनि माग गरे ।

सांसद अशोककुमार चौधरीले ‘न्याय ढिला दिनु भनेको न्याय नपाउनुसरह भएको’ भन्दै टिकापुर घटनाको छानविन गर्न बनेको लाल आयोगको प्रतिबेदन तत्काल सार्वजनिक गर्न माग गरे उनले टिकापुर घटनामा मुछिएका निर्दोष थारुहरुको तत्काल रिहाइ गर्न माग गरे ।

सांसद आष्मा चौधरीले दाङको ऐतिहासिक महत्वको रत्ननाथ मन्दिको संरक्षण र पुनःनिमार्ण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिहरुको मुद्दा कमजोर बनाउने खेल भएको आशंका उब्जिएको उल्लेख गर्दै उक्त घटनामा नाम जोडिएकी एक सांसद संसदमा उपस्थित भएको बेला प्रहरीले आवश्यक सोधपुछ गरेको हो होइन भन्दै सरकारसँग प्रश्न गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते संसदमा नक्कली शरणार्थी प्रकरणबारे पोल खोल्छु भनेको,पोल आज खुल्छ कि खुल्दैन भनी प्रमुख प्रतिपक्ष दल एमालेलार्इ समेत प्रश्न गरे ।

सांसद ऋषिकेष पोखरेलले मोरङका विभिन्न स्थान भएर बग्ने रतुवा,बक्राह लगायतका नदिको कटानले ठुलो जनधनको क्षति गरेको भन्दै नदिको उचित नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद एकनाथ ढकालले नेपालको विमानस्थलबाट भारतयि सुरक्षाकर्मी हटाउन माग गरे ।
सांसद कालुराम राईले सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक,आर्थिक सशक्तिकरण भन्ने प्रावधान राखिएको भएतापनि त्यसमा उनिहरुले गरेको अध्ययन अनुसन्धान तथा साहित्य सिर्जना वा क्षमतालाई प्रोत्साहन दिनेखालको व्यवस्था नभएको उल्लेख गर्दै अपाङ्गता प्रोतसाहन सिर्जना पुरस्कार स्थापना गर्न सरकारसँग माग गरे ।

सांसद् किरणकुमार साहले बर्खायाम सुरू भएको र बाढिजन्य प्रकोप सुरू हुने हुँदा जनधनको क्षति कम गर्न बागमती र लालबकैया नदिको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कुसुमदेवी थापाले किसानको लागि आवश्यक मल,बिउको उचित व्यवस्थापन गर्न माग गरिन् । उनले पहाडका ३८ जिल्लामा फैलिएको बाँदर आतंक नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कृष्णकुमार श्रेष्ठले औधोगिक र कृषि क्षेत्रको विकासको लागि निक्कै महत्वपूर्ण भुमिका खेलेको वीरगञ्ज कृषि औजार कारखाना २०५४ सालमा नीजि क्षेत्रलाई दिएको ,२०५८ सालमा सरकारले आफ्नै स्वामित्वमा ल्याएको र २०५९ सालमा कारखानानै खारेज गरिएको उल्लेख गर्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई १० वर्षलाई लिजमा दिएको तर उक्त कारखानाको खर्च र स्वामित्व सरकारमै रहेको भन्दै उक्त उद्योगमा सञ्चालन खर्च,विद्युत खर्च र मर्मतसंभारखर्चको व्यवस्थापन हालसम्मपनि नभएको कारण उक्त समस्या समधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतिय सवारी यात्रीको दर्ता प्रक्रियामा आएको समस्या समधान गर्न माग गरे ।

सांसद गीता बस्नेतले बर्दियाको मधुवनका आगलागीपीडितलाई उचित राहातको व्यवस्था गर्न माग गरे ।

एमाले सांसद गुकुल बास्कोटाले ५६ वर्षपछि हिजो पाँचखाल नगरपालिकामा परेको भिषण वर्षाले करोडौंको क्षति पुर्याएको भन्दै बाली बिमा गर्न माग गरे । उनले उचित तटबन्धनको निमार्ण गरेर किसानले भोग्नुपर्ने मौसमी समस्याबाट समधान दिन माग गरे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

ताजा

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.