• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १५ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १५ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १९ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १९ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • २० घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • २० घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • २१ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

पशुपतिनाथको सम्पत्तिमा रजाइँ : बाह्र वर्ष बित्दा पनि बुझाइएन भाडा

जानकारी केन्द्र २०८०, जेष्ठ, ८

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरको नाममा रहेको सम्पत्तिमाथिको दुरुपयोग र बेथितिको शृङ्खला निकै लामो छ । आर्थिक अपचलन र सम्झौता अनुसार लाखौँ भाडा नबुझाउनेहरूको सूची उत्तिकै लामो छ ।

काठमाडौंको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको क.नं.८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गामा रहेको पशुपतिनाथ गौशाला धर्मशाला मारवाडी सेवा समितिको कब्जामा रहेका भवनहरूको भाडा नतिरी कैयौँ व्यवसायी फरार भएको पाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचनामार्फत पटक पटक सूचित गर्दा पनि व्यवसायीहरूले भाडाबापतको बक्यौता बुझाएका छैनन् । देवी कन्सल्टेन्सी प्रालिको नाम पनि तिनै फरारको फेहरिस्तमा छ । उक्त कन्सल्टेन्सी तेह्रथुम घर भई काठमाडौँ महानगरपालिका–१०, बानेश्वरका गजेन्द्र थपलियाको हो ।

सो कम्पनीले २०६८ पुस २२ गतेको सम्झौताअनुसार २०६८ माघ १ गतेबाट लागु हुने गरी पाँच वर्षका लागि पशुपतिनाथ मन्दिर परिसरस्थित दक्षिणी प्रवेशद्वारसँगै रहेको वनकाली धर्मशाला भाडामा लिएको थियो ।

कोष र महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार पाँच वर्षको भाडाबापत सञ्चालक थपलियाले ९२ लाख १६ हजार ८१६ रुपियाँ पशुपति क्षेत्र विकास कोषलाई बुझाउन बाँकी छ । कोषका प्रवक्ता रेवतिरमण अधिकारीले धेरै पटक भाडा बुझाउन परिपत्र परिएको भए पनि १२ वर्ष बितिसक्दा पनि बक्यौता नबुझाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भाडाबापतको रकम बुझाउन धेरै पटक ताकिता गरियो तर देवी कन्सल्टेन्सीका सञ्चालकले भाडा नबुझाएपछि यो विषय अदालतसम्म पनि पुग्यो । अदालतको फैसलाको पूर्णपाठ आएपछि बक्यौता कसरी उठाउने भन्ने विषय थप प्रस्ट होला ।”

सञ्चालक थपलियाले भाडा तिर्ने विषयमा कोषले एकलौटी निर्णय गरेको दाबी गर्नुभयो । उहाँले अदालतको आदेशमा पनि कति तिर्ने विषय प्रस्ट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला मुद्दा पनि परेको हो । आदेशमा कति तिर्ने भनेर उल्लेख गरिएको छैन । हामीलाई कोषले धेरै संरचना बनाउन पनि दिएन । फैसलामा तिर्नु भनेर ठहर गरेको छैन । हामीलाई संरचना बनाउन नदिएकाले गर्दा हिसाब बराबर जस्तो भएको थियो ।”

के छ सम्झौतामा ?
कोष र सञ्चालक थपलियाबीच भएको सम्झौतामा ‘वनकाली धर्मशाला र कम्पाउन्ड परिसर हाल जेजस्तो अवस्थामा छ, सोही अवस्थामा कोषले देवी कन्सल्टेन्सीलाई उपलब्ध गराउने र वर्षको एक पटक धर्मशालाको मर्मत सम्भार गर्नुपर्ने’ भनिएको छ ।

सम्झौता समाप्त भएपछि देवी कन्सल्टेन्सीले कोषलाई सम्झौता हुँदाको मितिकै अवस्थामा संरचना जिम्मा लगाउनुपर्ने भनिएको छ । कोषका प्रवक्ता अधिकारीले भन्नुभयो, “संरचना पुरानै अवस्थाको नभई कोषले जिम्मा बुझ्न मिल्दैन । कतिपय संरचना भत्किएका कारण त्यसको पनि हिसाब हुने नै भयो ।” तर सञ्चालक थपलियाले भूकम्पमा भत्किएको संरचना पनि आफूले बनाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अदालतले पनि प्रष्ट भनेको छैन । कोषले भूकम्पमा भत्किएको पनि जोडेको छ । भूकम्पले भत्काएको संरचना पनि हामीले बनायौँ, कोषले त्यसको पनि छुट गरेको छैन । अनि कसरी भाडा तिर्नु ?”

‘बेथिति छन्, सुधार गर्छौं’
कोषका सदस्य–सचिव डा। मिलनकुमार थापाले पशुपतिनाथ मन्दिरको सम्पत्ति संरक्षणका लागि आवश्यक पहल भइरहेको बताउनुभयो । उहाँले आफू जिम्मेवारीमा आएपछि थुप्रै बेथिति हटाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “भगवान् पशुपतिनाथका नाममा धेरैले धेरै किसिमको व्यापार चलाइरहेका छन्  । तर यी बेथितिको पहिचान गरेर एक एक गरी सुधारको प्रयासमा हामी लागिरहेको छौँ ।” आजको गोरखापत्रमा अशोक अधिकारीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.