जनयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको दाबी गरेका छन्।
शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको दाबी गरेका हुन्।
उनले भने, ‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यहीँ मानसिकताको साथ हाम फालेको छु। जसरी जनयुद्ध सुरू गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ। हिजो जनयुद्धमा अघि बढ्दै जाँदा हजारौँ क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएको थियो यो लडाइमा पनि साथ रहने मैले विश्वास लिएको छु।’
उनले सामाजिक न्याय सुशासन र समृद्धि नै आफ्नो मुख्य लक्ष्य भएको बताएका छन्। उनले आफ्नो अगाडि चुनौतीपूर्ण अवसर रहेको हुँदा जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प आफूसँग नभएको दाबी गरेका छन्।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

