बसबाट हात र टाउको निकाल्दा हात चुँडियो, टाउकोमा लाग्यो चोट अनि गुमाए ज्यान
काठमाडौं । बसको झ्यालबाट हात र टाउको निकाल्दा मकवानपुरमा एक जना यात्रुले ज्यान गुमाएका छन् । मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा भएको दुर्घटनामा एक यात्रुको मृत्यु भएको हो । बसमा सवार यात्रुको दायाँ हात चुडिँनुको साथै टाउकोमा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग स्थित रजैयामा शनिबार दिउँसो हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा रहेका नामथर ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट यात्रुको दायाँ हात चुँडिनुको साथै टाउकोमा चोट लागेको छ । घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । बसको ड्राइभरको सिटभन्दा पछाडि बसेका ती यात्रुले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनिट्रकले ठक्कर दिँदा दाहिने हातको पाताभन्दा मुनिको भाग चुँडिएको र टाउकोमा चोट लागेको थियो ।
मृतकको परिचय अझै खुलेको छैन । घटनापश्चात ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षक भीमप्रसाद दुलालको टोलीले घाइते यात्रुको उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
