बसबाट हात र टाउको निकाल्दा हात चुँडियो, टाउकोमा लाग्यो चोट अनि गुमाए ज्यान
काठमाडौं । बसको झ्यालबाट हात र टाउको निकाल्दा मकवानपुरमा एक जना यात्रुले ज्यान गुमाएका छन् । मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा भएको दुर्घटनामा एक यात्रुको मृत्यु भएको हो । बसमा सवार यात्रुको दायाँ हात चुडिँनुको साथै टाउकोमा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग स्थित रजैयामा शनिबार दिउँसो हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा रहेका नामथर ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट यात्रुको दायाँ हात चुँडिनुको साथै टाउकोमा चोट लागेको छ । घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । बसको ड्राइभरको सिटभन्दा पछाडि बसेका ती यात्रुले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनिट्रकले ठक्कर दिँदा दाहिने हातको पाताभन्दा मुनिको भाग चुँडिएको र टाउकोमा चोट लागेको थियो ।
मृतकको परिचय अझै खुलेको छैन । घटनापश्चात ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षक भीमप्रसाद दुलालको टोलीले घाइते यात्रुको उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

