एक्सनमा प्रचण्डः गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको छानविन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सरकारले गौर हत्याकाण्ड र राजदरबार हत्या काण्ड लगायतको अनुसन्धान अगागि बढाउने बताएका छन् । नेकपा (माओवादी केन्द्र) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) अब इतिहासका ठूला–ठूला काण्डको फाइल खुलाउने बताएका हुन् ।
‘ठूल्ठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डको खोजीनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे त्यो दरबार हत्याकाण्ड होस् । त्यसको छिनोफानो भएको छैन ।’ उनले भने, ‘नेपाली जनताको मनमा शंकाहरु छन् । के भएको हो भन्ने सत्य तथ्य आएको छैन । यी सबै कुराहरु क्रमशः लगेर जनतामा हामीले विश्वास जगाउनु छ ।’
प्रधानमन्त्री प्रचण्डले २०४६ सालको जनआन्दोलन पछिका उच्चपदस्थ अधिकारीहरुको सम्पत्ति छानविन प्रक्रियालाई अगाडि बढाउनेसमेत बताए । अहिले आफूहरुले जे चाह्यो त्या पटाफट गर्नसक्ने अवस्था नभएपनि त्यसको प्रयास भइरहेको र जनताको मन जित्नेगरी काम भइरहेको उनले बताए । एक्सनबाट नै परिवर्तन हुन्छ भन्ने आफूहरुको बुझाई रहेको उनले बताए ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

