के हो डिटक्स फुट प्याड ? किन प्रयोग गर्ने ?
काठमाडौं । सामान्यतया मानव शरिरमा भएको फोहोर तथा हानीकारक विकार बाहिर निकाल्ने प्रक्रियालाई डिटक्स भनिन्छ।
आजभोलि बजारमा फुट प्याड खुट्टाको डिटक्सिनको धेरै प्रयोगमा आएको पाइन्छ। यसले शरीरलाई प्रभावित गर्ने ब्याक्टेरिया अथवा अन्य हानिकारक टक्सिनलाई बाहिर निकाल्छ।
डिटक्स फुट प्याडको फाइदाको बारेमा संक्षिप्त जानकारी :
फुट प्याड सेतो रङ्गमा बनाइएको हुन्छ। यसलाई खुट्टाको पैतालामा राम्रोसँग टासिने खालको बनाइएको हुन्छ। यो खुट्टाको पैतलाको ठीकबीच भागमा लगाएर लामो समयसम्म राख्ने गरिन्छ।
फुट प्याडले कसरी काम गर्छ ?
खुट्टामा डिटक्स गर्नका लागि फुट प्याडलाई रातमा खुट्टाको पैतलामा लगाएर करिब ८ देखि १२ घण्टासम्म राख्नुपर्छ।
सुतेको भोलिपल्ट बिहान फुट प्याड पहेलो, ब्राउन अथवा कालो रङको देखिन्छ। रातभर यसरी राख्दा खुट्टाबाट शरीरमा जाने फोहोर शरीर बाहीर आउन मद्धत गर्दछ। यसरी खुट्टालाई सफा पनि राख्न सकिन्छ।
डिटक्स फुट प्याडका फाईदाहरू
तनाव कम हुनु
डिटक्स फुट प्याडको मद्धतले शरीरमा आउने तनाव दुर गर्न सकिन्छ। यति मात्र होइन रातभर यसको प्रयोग गरेपछि भोलिपल्ट बिहान उठ्दा फ्रेस महसुस पनि गर्न सकिन्छ।
चिन्ता कम हुन्छ
डिटक्स फुट प्याडको प्रयोग गर्दा चिन्ता कम हुन्छ।
बढी निन्द्रा लाग्ने
तपाईं निद्रा नलाग्ने समस्याबाट गुज्रिएनु भएको छ भने डिटक्स फुट प्याडले निद्रा लाग्ने अथवा निदाउनमा धेरै मद्धत गर्दछ।
सर्कुलेशनमा सुधार ल्याउन्छ
शरीरमा खराब सर्कुलेशनका कारण धेरै रोगहरू देखा परिरहेका हुन्छन्। जसका कारण मान्छेको ज्यानसमेत गुमिरहेको अवस्था हामी देख्न सक्छौँ। फुट प्याडको प्रयोगले शरीरमा सर्कुलेशन सुधार ल्याउछ।
खुट्टाको दुखाई कम गर्न
फुट प्याडको मद्धतले खुट्टामा हुने दुखाइलाई धेरै कम गर्न सकिन्छ। यति मात्र नभई मानसिक सन्तुलनमा सुधार ल्याएर थप उर्जा ल्याउन सहयोग गर्छ।
डिटक्स फुट प्याडको प्रयोग कसरी गर्ने ?
यसको प्रयोग रातमा नै गर्ने गर्नुहोस्। यसलाई खुट्टाको पैतलाको बीचभागमा लगाउनु पर्छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
