२६१ जना किशोरी बेचिनबाट जोगिए
काठमाडौं । विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीन वटा नेपाल-भारत सीमा नाकाबाट मानव बेचविखनबाट जोगाएर २ सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ ।
संस्थाको आर्थिक वर्ष २०७९/८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद ५ हजार २ सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ ।
संस्थाले नेपाल भारतका तीन वटा सीमा नाका काकडभिट्टा, विराटनगर र भद्रपुरबाट मानव बेचविखनको सम्भावना भएका किशोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ ।
संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१/०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका साथ काम गरिरहेको बताइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष अशोककुमार प्रधान, प्रमुख अतिथि प्रहरी बृत ठिमीका प्रहरी निरीक्षक सञ्जीव ओली, समाज कल्याण परिषद्का सहायक निर्देशक राजेन्द्र उप्रेती, सञ्चारकर्मी केशव लुइँंटेल लगायतले मानव बेचविखनबाट रोक्न सामूहिक पहल आवश्यक भएको बताए ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

