एन्जाइटी भएको कसरी थाहा पाउने ? यस्तो छ डाक्टरको सुझाव
काठमाडौं । यदि दैनिकजसो आवश्यकभन्दा बढी चिन्ता लिने, के होला ? कसो होला ? यसो गरे के होला ? उसो गरे के होला आदि अनावश्यक प्रश्नहरु मनमा राखेर चिन्ता गरिरहने, नकारात्मककुराहरु सोचेर मात्र बसिरहने जस्ता एन्जाइटीको लक्षण हुनसक्छन् । यो एक मानसिक समस्या हो । यस्ताखाले मानसिक समस्यालाई बेलैमा पहिचान गरेर समाधानको उपाय नखोजेको खण्डमा पछि यसले विकराल रुप लिन पनि सक्छ । एन्जाइटी भएको कसरी थाहा पाउने भन्ने जिज्ञासालाई अमेरिका निवासी डा. कल्याण सुवेदी यसो भन्छन्ः
– दिमागमा तनाव भई आरामसँग बस्न नसक्ने, ठन्डा दिमागले सोच्न नसक्ने, सधै हतार भएजस्तो व्यवहार गर्ने, स्थिर भएर केहीकुराको पनि कल्पना गर्न नसक्ने, मनमा राम्रो र मीठो कुराको कल्पना गर्न नसक्ने, मनलाई सधै नकारात्मक कुरामा अड्काएर राख्ने र अरुलाई भन्न मन नलाग्ने हुनसक्छ ।
– एउटा कुरा वा काममा लामो समय ध्यानकेन्द्रीत गरेर बस्न नसक्ने, दिमाग सबै तनावले भरिएको जस्तो लाग्ने, स्ट्रेसको कारण स्मरण शक्तिनै गुमेको जस्तो लाग्ने, स–साना कुरामा पनि आफूले झट्टै निर्णय लिन नसक्ने, अरुको सल्लाह सुझाव बारम्बार खोज्ने र फेरि अरुको सल्लाह लिएपछिपनि ढुक्क हुन नसक्ने बानीको विकास हुन्छ ।
– दिमागमा एकपछि अर्को गरेर हजार कुराहरु घुमिरहने, धरै सोच्ने, चिन्ता लिने बानी भएको कारणले समयमा निद्रा नलाग्ने, निद्रा राम्रोसँग नपुगेको जस्तो हुने, विहान उठिसकेपछि फेरि चिन्ता लिन सुरु गर्ने र कहिले काँही धेरै चिन्ता लिएको कारण शरीर थाकेर सम्पूर्ण मांशपेशी गलेकोजस्तो अनुभव गर्ने जस्तो लक्षणहरु एन्जाइटीको कारणले हुने गर्दछ ।
यस्ता लक्षणहरु देखिएको खण्डमा डाक्टरहरुको सल्लाह लिन आवश्यक रहेको डा. सुवेदी बताउँछन् । आवश्यक परेको खण्डमा डाक्टरको सल्लाह अनुसार औषधी सेवनका लागि पनि उनी आग्रह गर्छन् ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

