• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बालक्यान्सरसम्बन्धी ३५ प्रकारका औषधि निःशुल्क

काठमाडौं । सरकारले बालक्यान्सरसम्बन्धी ६ प्रकारका रोगमा प्रयोगमा आउने ३५ प्रकारका औषधिलाई निःशुल्क रूपमा उपलब्ध गराउने तयारी गरेको छ ।

विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)सँगको सम्झौतापछि अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलको सहयोगमा सरकारले विभिन्न ६ प्रकारका बालक्यान्सरसम्बन्धी रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने ३५ प्रकारका औषधिलाई निःशुल्क उपलब्ध गराउने भएको हो ।

सो सम्बन्धी सम्झौता गत १४ अप्रिलमा अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च अस्पतालमा भएको थियो । पहिलो चरणमा जीआईसीसीले सन् २०२४ को जुनसम्मका लागि नेपाललाई निःशुल्क ती औषधि उपलब्ध गराउनेछ । जीआईसीसीसँगको सम्झौता कार्यक्रममा नेपालकातर्फबाट स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंसहितको १० जनाको टोली सहभागी भएको थियो ।

सम्झौता कार्यक्रममा सहभागी स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले सम्झौताअनुसार प्राप्त हुने ती औषधि नेपाल ल्याउने विषयमा औषधि व्यवस्थापन विभागसँग आवश्यक प्रक्रियाका लागि छलफल अघि बढाइएको जानकारी दिए । ती औषधि विभागमा दर्ता नभएका कारण विभागले आकस्मिक प्रयोजनका लागि ल्याउन स्वीकृति दिनुपर्नेछ ।

कान्ति बाल अस्पतालका निर्देशक युवानिधि बसौलाका अनुसार सम्झौतामा उल्लेख भएका औषधि रक्त क्यान्सरका विभिन्न प्रकारसहित, आँखामा हुने (रेटिनोब्लास्टोमा), मस्तिष्कसम्बन्धी (न्युरोब्लास्टोमा) क्यान्सरको केमोथेरापीमा प्रयोगमा आउनेछ । ती औषधि नेपाल ल्याउने जिम्मा युनिसेफले पाएको छ भने आगामी सेप्टेम्बरदेखि बिरामीमा प्रयोग गर्ने तयारी छ । बसौलासमेत सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी थिए ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा ती औषधि कान्ति बाल अस्पताल, भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबाट निःशुल्क रूपमा प्रदान गर्नेगरी तयारी गरेको हो ।

नेपालमा बर्सेनि १ हजारदेखि १ हजार ५ सय जना बालबालिकालाई क्यान्सर हुने गरेको बताइन्छ । तीमध्ये झन्डै ५ सयमा मात्रै पहिचान हुने गरेको छ । पहिचान हुने बिरामीमध्ये धेरैजसो कान्ति बाल अस्पतालमा आइपुग्ने गरेका छन् ।

कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटाले अस्पतालमा बर्सेनि ३ सय जना बाल क्यान्सरका नयाँ बिरामी थपिने गरेको तथ्यांक देखिएको जानकारी दिए । उनका अनुसार उपचारमा आएकामध्ये पनि २५ देखि ३० प्रतिशत बालबालिकालाई अभिभावकले उपचार पूरा नगराइ बिचैमा छाड्ने गरेका छन् । क्यान्सरको उपचारमा निरन्तरता दिने बालबालिकाको निको हुने दर भने ७० प्रतिशत छ । तर, उपचार गराउँदै जाँदा आर्थिक कारणले बिचमै उपचार छाड्ने समेत छन् । डा. सापकोटाका अनुसार ती ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध हुँदा उपचारलाई निरन्तरता दिने बिरामीको संख्या बढ्ने अपेक्षा छ ।

सरकारले सबै प्रकारका क्यान्सरमा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म उपचार खर्च छुट दिँदै आएको छ । यसबाहेक प्रदेश सरकारले ५० हजारदेखि २ लाखसम्म थप राहत दिँदै आएका छन् । सो रकम क्यान्सरका बिरामीको उपचारका लागि पर्याप्त नहुने चिकित्सक तथा बिरामीका आफन्त नै बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.