सुनकोशीमा जीप खस्दा सिटीइभीटीका सहसचिवसहित ३ जना बेपत्ता
काठमाडौं । सुनकोशी नदीमा जीप खस्दा ३ जना बेपत्ता भएका छन्।
शुक्रबार सानोठिमी भक्तपुरबाट खोटाङ्जाँदै गरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका-६ स्थित् सुनकोशी नदीमा खसेको हो।
स्कारपीयोमा सवार ४ जनाहरू मध्ये चालक कृष्णबहादुर चौधरी घाइते भएको र अन्य ३ जनाको अवस्था अज्ञात रहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जीवी दाहालले रिपोर्टर्स नेपाललाई जानकारी दिए।
उनका अनुसार गाडीमा सवार सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यम प्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेलको अवस्था अज्ञात रहेको छ।
स्कारपीयो मध्यपहाडी लोकमार्गभन्दा करिब १५० मिटर तल सुनकोशी नदीमा खसेकोहुँदा स्कारपीयोसहित ३ जनाको अवस्था हालसम्म अज्ञात रहेको डिएसपी दाहालले बताए।
घुम्तीमा मोड्न नसक्दा खसेको हुन सक्ने र प्रहरीलाई साढे ११ बजेमात्रै त्यसको जानकारी आएको उनले बताए।
चालक चौधरी घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

