यी हुन क्यान्सरका लक्षणहरु
क्यान्सर एउटा खतरनाक र ज्यान लिने रोग हो । शरीरको कुनैपनि भागमा क्यान्सर भयो भने मानिसको मृत्युसमेत हुने गर्दछ । शारीरिक र मानसिक रुपमा असर पार्ने भएकोले यसको समयमै उपचार गराउनुपर्दछ । विश्व स्वास्थ्य संगठनको अनुसार क्यान्सर संसारभरको मृत्युको दोस्रो सबैभन्दा प्रमूख कारण हो । क्यान्सर विस्तारै संकेत दिँदै लाग्ने रोग हो । यसको लक्षण समयमै थाहा पाएर उपचार गर्नुपर्दछ ।
क्यान्सर हुँदा देखिने लक्षणहरु :
१. छाला परिवर्तन हुनु – क्यान्सर लाग्दा सबैभन्दा पहिले छालाको आकार बढ्ने, छाला चिलाउने, घमौरा हुने, कोठीको आकार बढ्ने, छाला नराम्रो हुँदै जाने, घाउ छिटो निको नहुनेजस्ता लक्षणहरु देखा पर्दछन् । यो स्थिति त्यतिबेला बन्छ, जब छाला अनियमित रुपले बढ्दै जान्छ । यस्तो अवस्था आएमा चिकित्सककहाँ जानुपर्दछ ।
२. शरीरमा गाँठो पर्नु – यदि शरीरमा फोकाजस्तो दरिलो गाँठो परेको देखा पर्नु, गाँठो नदुख्ने र छिटो निको नहुने समस्या देखिएको छ भने क्यान्सरको लक्षण हुनसक्छ । यस्तो गाँठो छातिको क्यान्सर र अण्डकोषमा हुने क्यान्सरको लक्षण मानिन्छ । यदि यस्तो गाँठो मुखमा देखिएको छ भने मुखको क्यान्सरको लक्षणपनि हुन सक्छ, त्यसैले यो देख्नासाथ परीक्षण गर्नुपर्दछ ।
३. छिटो छिटो तौल घट्नु वा थकाइ लाग्नु – यदि केही समयदेखि भोक नलाग्ने, तौल घट्ने भएको छ भने क्यान्सरको लक्षणमध्ये एउटा लक्षण हो । यदि तपाईले कसरत, तौल घटाउने उपाय, डाइटिङ गर्नेजस्तो काम नै नगरी तपाईंको तौल केही दिनमै ४ केजी भन्दा धेरै घटेको छ भने, पेट र फाक्सोको क्यान्सरको लक्षण हो । साथै विनाकारण थकाइ लाग्ने गरेको छ भने ब्लड–क्यान्सरको प्रारम्भिक लक्षण हुनसक्छ ।
४. मुखमा सेतो दाग देखिनु – मुखमा सेतो दागहरु देखिने र पटक पटक धुँदापनि जाँदैन भने यसलाई लियुकोप्लाकिया भनिन्छ । यसलाई पनि मुखको क्यान्सरको सुरुवाती लक्षण भनेर चिनिन्छ । मुखको क्यान्सर हुँदा आवाज परिवर्तन हुनु, मुखबाट रगत आउनु, खाना चपाउन र निल्न असहज हुने, जिब्रो चलाउँदा दुख्नेजस्तो समस्या देखिएमा सावधानी अपनाउनुपर्दछ ।
५. पिसाबमा रगत देखिनु – यदि एकदिनमा सामान्य बारम्बार शौचालय जाने गरिन्छ भने यो किड्नीको क्यान्सरको लक्षण हुनसक्छ । तपाईलाई महशुस हुनसक्छ की पिसाबमा रगत देखिएको छ भने यसको लक्षण हो । यो क्यान्सर धेरै खतरनाक हुने भएकोले यस्तो लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्दछ । यदि ढिला गरेमा यो क्यान्सर शरीरको सबै भागमा फैलिन सक्छ ।
६. लामो समयसम्म दुखाई कम नहुनु – टाउको दुख्ने, पेट दुख्ने वा खुट्टा दुख्ने समस्या सामान्य हो तर, शरीरको कुनैपनि भाग बारम्बार दुखिरहने, औषधीले कुनैपनि काम नगर्ने भएको छ भने सावधानी अपनाउनुहोस । किनकी यो क्यान्सरको सुरुवाती लक्षण हो ।
७. शरीर चिलाउने – यदि शरीरको कुनैपनि भागमा बारम्बारबार चिलाउँछ भने यो आम कुरा हो तर, त्यसको कारणले शरीरमा घमौरा हुने, दाग हुने, शरीर रातो हुने र शरीर चिलाइरहने समस्या छ भने यो छालाको क्यान्सरको कारणले हुन सक्छ । यस्तो भयो भने सावधानी अपनाउनुपर्छ र चिकित्कसँग भेट्नुपर्छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

