कपाल झरेर हैरान हुनुहुन्छ ? छुटकारा पाउन यी उपाय अपनाउनुहोस
आज/भोलि कपाल झर्ने समस्या धेरै हुन थालेको छ । हाम्रो कपाल झ¥यो भने हामी पुरै दिन कपालको स्याहार गर्न लाग्छौं । के कारणले र किन कपाल झ¥यो भन्ने कुरातिर हाम्रो ध्यान जादैन । वास्तवमा कपाल रगत खराब भयो भने झर्ने गर्दछ । रगत खराब हामीले खाएका खानेकुराहरु राम्रोसँग पचाउँन नसक्ने भएकोले रगतमा खराबी देखिन्छ । त्यसैले रगत खराव भएको वेला भारी हुने हुँदा माथि टाउकोसम्म पुग्न पाउदैन र कपाल झर्न सुरु गर्दछ ।
कपाल नझर्नका लागि हामीले खानेकुराहरु खाँदा ध्यान दिनुपदर्छ । कपाल झर्नबाट रोक्नका लागि सबैभन्दा पहिले तपाईको जीवनशैली व्यवस्थित् हुनुपर्छ । भिटामिन, मिनरल्स र प्रोटिनको मात्रा मिलेको सन्तुलित भोजन लिनुहोस । फलफुल, हरियो सागसब्जी, गेडागुडी, बदामलगायतमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । यस्तो सन्तुलित भोजनले कपाल स्वस्थ राख्छ र झर्नबाट रोक्न महत्वपूर्ण भूमिका खेल्छ ।
हामीले खाना खाँदा जीवन्त रहेको खाना खानुपर्दछ । प्रकृतिमा आफै उत्पादन भएका खानामा पौष्टिक तत्वहरु रहने भएकोले यस्तो खाना खानुपर्दछ । जसमा जीवन नरहेको खाना खानाले हाम्रो शरीरमा धेरै नकारात्मक असरहरु पार्ने गर्दछ । प्राकृतिक खाना खानाले हाम्रो पेटमा समस्या रहदैन र हाम्रो शरीरलाई र कपाललाई धेरै फाइदा दिने गर्दछ । नियमित रुपमा टाउकोमा तेलले मसाज गर्नुस् । यसले तपाईको टाउकोमा रक्तसञ्चार बढाउन मद्दत गर्दछ र कपाललाई स्वस्थ राख्न सहयोग गर्छ । तोरीको तेल, नरिवलको तेल, आल्मोन्डको तेल वा ओलिभ तेलले समाज गर्न सकिन्छ । स्याम्पु प्रयोग गर्नुभन्दा केही समयअघि मसाज गर्नु राम्रो हुन्छ ।
केमिकलयुक्त प्रडक्ट प्रयोग नगर्नुस् । बजारमा कपाल सफ्ट बनाउने, कलर गर्ने वा स्ट्रेट गर्ने विभिन्न केमिकल पाइन्छन् । तर, यस्ता केमिकलले केही समयपछि कपाललाई असर गर्छ । कपाल विग्रने, सुक्खा हुने वा झर्ने समस्या देखिन्छ । आफ्नो कपाललाई सुहाउँदो स्याम्पु वा कन्डिसनर प्रयोग गर्न सक्नुहुन्छ । तर, कपाल राम्रो बनाउने नाममा अत्यधिक हिट दिने वा ड्राई गर्ने काम नगर्नुस् । अत्यधिक तनावले पनि कपाल झर्ने समस्या देखिन्छ । तसर्थ, तनाव कम लिनुस् । तनाव कम गर्न योगा वा मेडिटेसन गर्ने, आफुलाई मन लागेका काम गर्न सकिन्छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
