तीन तलामाथिबाट खसेर बालिकाको मृत्यु, गुरुङ दम्पतीले १० महिनामा गुमाए दुई छोरी
काठमाडौं । घरको तीन तलामाथिबाट खसेर खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङको मृत्यु भएको छ । भाडाको घरबाट खसेकी रोशनीको उपचारको क्रममा मृत्यु भएको हो ।
दिक्तेल इंग्लिस बोर्डिङ स्कुल दिक्तेलको कक्षा-२ मा अध्ययनरत रोशनी अपराह्न ४ बजेतिर तीन तलामाथिबाट लडेकी थिइन् । पक्की घरको तीन तलामाथिबाट लडेर झरेलगत्तै उद्धार गरेर दिक्तेलस्थित फेमिली केयर अस्पताल पुर्याइएकी रोशनीको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘स्कुलबाट आएर खाजा खाएपछि साथीसँग खेल्ने क्रममा लडेर झरेकी हुन् । मृतक रोशनी रविन गुरुङ र सिर्जना राई गुरुङकी कान्छी छोरी हुन् । बुबा रविन जिल्लामै भाडाको सुमो गाडी चलाउँदै आएका छन् भने आमा सिर्जना कोठा भाडामा लिएर छोराछोरी पढाउँदै दिक्तेलमै बस्दै आएकी छिन् ।
प्रेमविवाह गरेका रविन र सिर्जनाको तीन सन्तान दुई छोरी र एक छोरा जन्मिएका थिए । ठूली छोरी रोमीको गत साउन १३ गते शुक्रबार भाडाकै घरको निदाल (घरका दलिन अड्याउन राखिने काठ) मा सल बाँधेर पिङ खेल्ने क्रममा सोही सलको पासो लागेर मृत्यु भएको थियो । वर्ष दिन नपुग्दै दुई छोरीको एकपछि अर्को हुँदै दुर्घटनामा परी मृत्यु भएपछि गुरुङ दम्पती शोकमा डुबेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
