विदेशबाट फर्किदा भन्सार नतिरी के के ल्याउन पाइन्छ ?
काठमाडौं । सरकारले नयाँ आर्थिक विधयेकसँगै विदेशबाट आउने यात्रुले भन्सार नतिरी र तिरेर ल्याउन पाउने सूची परिमार्जन गरेको छ । सुनमा नयाँ व्यवस्था गरिएको छ भने सामाजिक सुरक्षामा आवद्ध भएका र नभएका बिच छुट सुविधामा फरक पारिएको छ ।
विदेशबाट आउने यात्रुले भन्सार नतिरी ल्याउन पाउने सामानहरू
लुगाफाटा, बर बिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान ।
सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया ।
तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रुपमा ल्याउन पाइने छैन । ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक एक थान ।
तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने र त्यस्तो थप एक थान नयाँ सेलुलर मोबाइल फोनको हकमा भन्सार प्रक्रिया पूरा गर्नु पर्नेछ ।
बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान । पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, गायक सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता सामान ।) सात किलोग्रामसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्मको बोतल एक ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
