नक्कली शरणार्थी प्रकरण : आरजुदेखि ओलीसम्मका ‘भीआईपी’माथि किन भएन अनुसन्धान ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार सरकारी वकिल र जाहेरवालाका वकिलको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन दिन सरकारी वकिल र जाहेरवालाका वकिलले बहस गरेका हुन् ।
जाहेरवाला पक्षबाट ६ जना वकिलले बहस गरे । बहसका क्रममा जाहेरवालाको वकिलले प्रतिवादीले बयानका क्रममा नाम लिएका अरू प्रतिवादीलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।
अधिवक्ताहरू सुशील शर्मा सापकोटा, दीपकराज रेग्मी, स्वागत नेपाल, हरिप्रसाद खरेल, राधिका चौलागाईं र वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले जाहेरवालाको तर्फबाट बहस गरेका थिए ।
बहसका क्रममा अधिवक्ता हरिप्रसाद कट्टेलले यस प्रकरणमा बयानमा पोलिएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्ने माग गरे । उनले यसअघि नै जिल्ला अदालतले नै एउटा ठगी मुद्दामा अदालतले थप व्यक्तिलाई प्रतिवादी बनाउन आदेश दिएको उदाहरण दिए ।
प्रतिवादीहरू सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजालले अजयक्रान्ति शाक्य, आरणु राणा, मञ्जु खाँण, बेचन झा, प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली, प्रेमकुमार राई लगायत सबैलाई पोलेको बताउँदै उनले अनुसन्धानमा तान्न माग गरे ।
टेकनाथ रिजालले बयानमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा र प्रचण्डलाई निवासमै गएर टोपबहादुर रायमाझीले भेटाएको बताएका छन् । अब आजदेखि प्रतिवादी तर्फका वकिलहरूले बहस गर्ने छन् ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

