एमालेमा प्रवेश गर्दै वामदेव गौतम
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने भएका छन् । राष्ट्रिय सभाका सदस्य एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम एमालेबाट राजीनामा गरी विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने अभियान चलाउँदै आएका छन् ।
एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशका लागि विभिन्न चरणमा छलफल गरिसकेका गौतम अन्ततः एमालेमै फर्किने भएका हुन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भई एमाले र माओवादी केन्द्र हुँदै पछि एकीकृत समाजवादीको गठन भए पनि गौतम भने कुनै पार्टीमा पनि संलग्न थिएनन् । विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने भन्दै उनले नेकपा एकता अभियान नै गठन गरे ।
गौतमको अभियान सफल नभए पनि उनको प्रयास भने निरन्तर जारी नै रह्यो । एमालेले अहिले पार्टीमा रहेको ‘७० वर्षे उमेर हद’ निष्कृय पार्ने निर्णय सार्वजनिक भएसँगै गौतम एमालेमा फर्किन तयार भएका हुन् । ‘वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन, महासचिव हुन जाने होइन,’ गौतमले भने, ‘पार्टीमा योगदान दिन जाने हो ।’
यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै पार्टीमा रहेको उमेर हदम्याद हटाउनुपर्ने माग गरेका थिए । एमालेका संस्थापकमध्येका एक मुकुन्द न्यौपाने एकीकृत समाजवादी परित्याग गरी एमालेमा फर्किसकेका छन् ।
न्यौपानेलाई केन्द्रीय कमिटी सदस्य बनाउन सो उमेर हदम्याद बाधक भएपछि पार्टीले त्यस धारालाई विधान महाधिवेशनबाट हटाउने आन्तरिक सहमति सचिवालय बैठकमा गरेको थियो । न्यौपानेको व्यवस्थापन गर्न विधान संशोधन गर्दा गौतमको पनि माग पूरा हुने भएकाले उनी पार्टीमै फर्किने बताइएको छ ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

