Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

कालिकोटमा जीप सडकबाट तल खस्यो, चालकसहित तीन जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, २८
कालिकोटमा जीप सडकबाट तल खस्यो, चालकसहित तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटको शुभकालीका गाउँपालिका–६, चिसापानीस्थित बेहुली पानतडी सडकखण्डमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप सडकदेखि १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा जीप चालक शुभकालीका गाउँपालिका–२ बस्ने ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय सलामी मगरको मृत्यु भएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स