तपाईलाई अनार मन पर्छ ? यस्ता छन् दैनिक अनार खानुका फाइदा
काठमाडौं । अनारको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ । अनारमा फाइबर, भिटामिन ‘सी’, ‘ए’, ‘के’, फोलिक एसिड र एन्टिअक्सिडेन्ट पाइन्छ । अनार स्वास्थ्यको साथसाथै सौन्दर्यको लागि पनि उत्तिकै उपयोगी हुन्छ । अनारमा सयौं रोगप्रतिरोधात्मक क्षमता हुन्छ । अनारको जुस बनाएर पिउन पनि सकिन्छ । अनार वा अनारको जुस निरन्तर प्रयोग गर्नाले हाम्रो शरीरको विभिन्न अंगहरु स्वस्थ बनाउनुको साथै सुन्दरतामा समेत पाइदा पुर्याउँछ । दैनिक रुपमा अनारको प्रयोग गर्नुका धेरै फाइदाहरु छन् ।
यस्ता छन् अनार खानुका फाइदाहरुः
-शरीरमा रहेको अनावश्यक तौल घटाउन मद्दत गर्छ ।
-मधुमेह रोगीले अनारको जुस खानाले सुगर लेवल बढ्न दिँदैन ।
-अनार वा अनारको जुस खानाले शरीरमा रगतको मात्रा बढ्छ ।
– मुटुलाई स्वस्थ्य बनाउने र हृदयघात जस्तो रोगबाट बचाउँछ ।
-निरन्तर अनारको प्रयोग गर्नाले पाचन प्रणाली र धमनीलाई स्वस्थ्य बनाउँछ ।
-अनारको सेवनले विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसरका कारण क्यान्सरको खतरासमेत कम हुन्छ ।
-अनारको जुसको निरन्तर प्रयोगले हाडजोर्नीको समस्यामा राहत मिल्छ ।
– अनारको बोक्रालाई पेस्ट बनाएर लगाउँदा वा अनारको निरन्तर प्रयोगले अनुहार चम्किलो हुनुका साथै स्वस्थ्य बनाउँछ ।
– अनारमा भिटामिन, मिनरल र फ्लोरिक एसिड पाइने हुनाले गर्मी समयमा गर्भवती महिलाहरुको शिशुहरुलाई आहार हुने र रगतको मात्रा बढाउने हुनाले आमा र बच्चाको रक्षाको लागि धेरै लाभदायक हुन्छ ।
सम्बन्धित समाचार
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


