मदन भण्डारीको हत्यामा प्रस्तावित प्रधानन्यायाधीशको संलग्नता छ भनेर उजुरी आयो : कांग्रेस नेता
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिका २९ उजुरी नियतवश आएको बताएका छन् ।
‘प्रस्तावित प्रधानन्यायाधीशमाथिका २९ वटामा उजुरीमा एउटै शब्द, कमा, फुलस्टप छन्, नाममात्र फरक छ । एउटै व्यक्तिले टाइप गरेजस्तो अन्तिम सम्म एउटै बेहोरा छ । उहाँविरुद्ध संस्थागत रुपमा नियतवश उजुरी दिएको देखिन्छ । कतिपय उजुरीकर्ता कीर्तेमा परेर जागिर खोसिएका मान्छे पनि आएका छन् । कतिपय मुद्दा हारेका मानिस आएका छन् । यति मात्र होइन, मदन भण्डारीको हत्यामा प्रस्तावित प्रधानन्यायाधीशको संलग्नता छ भनेर पनि नियोजित हिसाबले उजुरी आयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । रायमाझी संसदीय सुनुवाइ समितिका सदस्य छन् ।
नेता रायमाझीले उजुरीकर्ता न्यायाधीश श्रीकृष्ण भट्टराई कोड अफ कन्डक्टभन्दा बाहिर गएको पनि टिप्पणी गरे । उनले भने,’ न्यायाधीश श्रीकृष्ण भट्टराई यसरी खुलेआम आउनुभन्दा न्यायालयभित्रै जानुपथ्र्यो । कतिपयले संगठित तवरमा उजुरीकर्ता भनेर हल्ला गर्न आएका छन् । श्रीकृष्ण भट्टराई स्वयं उनीहरुलाई आक्रोशित बनाउने खालको मुडमा हुनुहुन्थ्यो ।’
फरक प्रसंगमा रायमाझीले बजेट संशोधन गर्ने भन्दा पनि बजेट पास गरिसकेपछि पुनरावलोकन गर्नु उचित हुने औंल्याए । उनले भने, ‘विगतमा हामी प्रतिपक्षमा हुँदा १ रुपियाँ वा सय रुपयाँ घटाइयोस् भनेर चेतावनीस्वरुप माग राख्थ्यौं । बजेट पास भएन भने सरकार फेल हुने हो । त्यसैले बजेट संशोधन हुन सक्दैन । कसैले सार्वजनिक खपत वा पोलिटिकल स्टन्टका लागि भन्नु बेग्लै कुरा हो ।’ साथै उनले जो सरकारमा छ, उसकै जिल्लामा मात्र बजेट खन्याउनु भ्रष्टाचार भएको पनि बताए ।
साथै रायमाझीले कसैले भन्दैमा पार्टीमा विशेष महाधिवेशन हुन नसक्ने पनि बताए । उनले भने, ‘विशेष महाधिवेशनको प्रक्रिया छ, पद्धति छ । महाधिवेशन प्रतिनिधिहरुले आवश्यक छ भने हुन पनि सक्ला । तर अहिले समय र परिस्थिति अनुकूल छैन । हाम्रा दुई महामन्त्रीहरु त्यसमा नलाग्नु राम्रो हुन्छ । अहिले कांग्रेस ठूलो पार्टी बनेको छ । सबै तहका सरकारमा सामेल छ । विपक्षमा बस्नका लागि, चुनाव हार्नका लागि राजनीति गर्ने हो र ?’
पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला मिल्दा गौरव नै गर्नुपर्ने पनि रायमाझीले बताए । उनले भने, ‘पार्टीभित्र गुट(उपगुट समाप्त हुनु राम्रो कुरा हो । शेरबहादुर देउवा र शेखर कोइराला दुई नेता मिल्दा हामीले गौरव नै गर्नुपर्छ ।’ शेखरलाई वरिष्ठ नेता बनाउने कि नबनाउने आफूलाई थाहा नभएको पनि उनले स्पष्ट पारे । रायमाझीले भने, ‘तर पार्टीको आवश्यकता अनुसार केन्द्रीय समितिले निर्णय गरेर बनायो भने हामीले स्वीकार्नै पर्छ ।’
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

