चुरे संरक्षण गर्न सकेनौं भने हाम्रो सन्ततीलाई ठूलो असर गर्छ : वनमन्त्री डा. महतो
काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले चुरे नेपालीहरुको भविष्यसँग जोडिएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । नवौं चुरे संरक्षण दिवसको अवसरमा आज (शनिबार) नवलपुरमा आयोजित विशेष समारोहलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन् ।
उनले सो अवसरमा नवलपरासीको पवित्र माटोमा वृक्षारोपण गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने,”चुरे नेपालीहरुसँग जोडिएको विषय भएकोले यसको संरक्षण गर्नु सरकार र सबै जनताको दायित्व हो । यो चुरे नेपालीहरुको लाइफलाईन हो । हामीले चुरेको संरक्षण गर्न सकेनौं भने दश वर्षछि हाम्रो सन्ततिलाई असर गर्छ । अहिलेको जुन समस्या हामीसँग छ, खासगरी तीनै तहको सरकारमा कानूनको स्पष्टता छैन् । हामीकहाँ भएका वन मन्त्रालयका नियम तथा कानून पनि पूराना छन् । चुरे संरक्षण गर्न खोजेको हो भने यहाँ स्थानीय र प्रदेशसँग समन्वय गर्नुपर्छ । केन्द्रबाट जति प्रयास गरेपनि संरक्षणमा ठोस प्रगति गर्न सकिँदैन् । चुरेको नाममा विभिन्न किसिमका दोहन भैरहेको छ । त्यसलाई रोक्नुपर्छ ।”
उनले वन्यजन्तु पनि अहिले गाउवस्तीमा छिर्न थालेको सुनाउँदै यसको प्रमुख कारण पनि चुरेमाथिको दोहन नै भएको बताए । उनले थपे,”अहिले कृषकहरु मारमा छन् । वन्यजन्तुका कारण बाली, नाली नोक्सानी भएको छ । वातावरण प्रदुषण बढेको छ । आज जंगल नभएको कारण र जंगलमा आहार नभएको कारण वन्यजन्तुहरु अहिले मानव बस्तीमा पसेका छन् । त्यसैले हामीले जंगललाई हरियो बनाउनैपर्छ । वन अतिक्रमण हुनबाट बचाउनुपर्छ । चुरे संरक्षण र नदि नियन्त्रण गनुपर्छ । चुरेको भूसंरक्षण गर्नुपर्छ । वृक्षारोपण गरेपछि त्यसलाई हुकार्उउनको लागि अझै धेरै मेहनत गर्नुपर्छ । सबैले आ आफ्नो ठाउँबाट चुरे संरक्षणको लागि योगदान गर्नुपर्छ ।”
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

