Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नेपालपछि भारतमा पनि विवादमा ‘आदिपुरुष’, रोक लगाउन दिल्ली उच्च अदालतमा मुद्दा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २
नेपालपछि भारतमा पनि विवादमा ‘आदिपुरुष’, रोक लगाउन दिल्ली उच्च अदालतमा मुद्दा

काठमाडौं । हिन्दी चलचित्र ‘आदिपुरुष’ रिलिज हुनुअघि नै विवादमा परेपनि अहिले रिलिजपछि झनै बिवादमा परेको छ।

फिल्ममा रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ।

रिटमा हिन्दू सेनाले ‘आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ। हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले आदिपुरुषविरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको बताएका छन्।

यसअघि यो चलचित्रले नेपालमा पनि बिवाद ल्याएको थियो।

Top Changing Nepal

युट्युब सट्स