• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
२७ माघ २०८२, सोमबार
२७ माघ २०८२, सोमबार $date = str_replace(",", "", $date); $parts = explode(" ", $date); if(count($parts) >= 4){ $weekday = $parts[0]; $month = $parts[1]; $day = $parts[2]; $year = $parts[3]; echo $day . " " . $month . " " . $year . ", " . $weekday; } else { echo $date; } ?>
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • १०. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

नेपालमा पहिलो पटक मङ्कीपक्स देखियो : यो कस्तो रोग हो ? कसरी सर्छ ?

बीबीसी । नेपालमा पहिलो पटक एक जना विदेशी महिलामा मङ्कीपक्स सङ्क्रमणको पुष्टि भएसँगै उक्त रोगबाट बच्न सतर्कता अपनाउन अधिकारीहरूले आह्वान गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक जना ६० वर्षे महिलामा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

उनी हाल चिकित्सकको निगरानीमा रहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती सङ्क्रमित महिला हालै यात्रा गरेर नेपाल आएको पाइएको छ ।

नेपालमै परीक्षण र पुष्टि
स्वास्थ्य मन्त्रालयले शुक्रवार एउटा वक्तव्यमार्फत नेपालमा पहिलो पटक मङ्कीपक्स पुष्टि भएको जानकारी दिएको हो । “एक ६० वर्षीय विदेशी महिला एमपक्ससँग मिल्दोजुल्दो शङ्कास्पद लक्षणसहित काठमाण्डूको अस्पतालमा परीक्षण भइरहेको थियो,” उक्त वक्तव्यमा भनिएको छ ।

“उहाँको शरीरबाट नमुनाहरू सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा  (शुक्रवार) एमपक्स सङ्क्रमण पुष्टि भएको छ ।” मन्त्रालयले नेपालमा मङ्कीपक्स कसरी भित्रियो भन्ने बारे हाल जानकारी सङ्कलन गरिरहेको सहप्रवक्ता अधिकारीले बताए ।

उनका अनुसार नेपालमा यसअघि मङ्कीपक्स जस्ता कतिपय सङ्क्रमणको परीक्षण नहुने गरेकोमा अहिले भने हुन थालेको छ । “कोभिडपछि हामीले हाम्रा प्रयोगशालाहरूमा पनि यस्ता सङ्क्रमणहरूको परीक्षण गर्न सकिने क्षमता विस्तार गरेकाले मङ्कीपक्सको सङ्क्रमण बारे चाँडै जानकारी हुन सक्यो,” उनले भने ।

मङ्कीपक्स कस्तो भाइरस हो ?
मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्छ । यद्यपि यो कम गम्भीर र कम सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन् । यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूका उष्ण तटीय वर्षा वननजिक रहेका दुर्गम भेगहरूमा पाइन्छ ।

त्यहाँ यो भाइरसका पश्चिम अफ्रिकी र मध्य अफ्रिकी गरी दुई वटा प्रकार छन् । अफ्रिकाबाट नै यो भाइरस अन्यत्र फैलिएको बताइने गरेको छ । गत वर्ष युरोपमा यसको सङ्क्रमण देखिएपछि यो भाइरसबारे अलि व्यापक रूपमा चर्चा हुन थालेको हो ।

नेपालको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हालसम्म १११ देशमा यो भाइरस देखिइसकेको छ । यद्यपि हालसम्म यो सङ्क्रमण विश्वव्यापी चासोको जनस्वास्थ्य आपत्कालको अवस्थामा छैन ।

लक्षणहरू के हुन् ?
एकजना सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन् । एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ ।

त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुन सक्छन् । डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ । सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ ।

सङ्क्रमण कसरी हुन्छ ?
सङ्क्रमित व्यक्ति वा जनावरको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्न सक्छ । फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ । यसलाई यौनबाट सर्ने सङ्क्रमणको रूपमा व्याख्या गरिएको छैन ।

तर शारीरिक सम्बन्धको क्रममा प्रत्यक्ष सम्पर्कमार्फत् पनि यो सर्न सक्छ । त्यस्तै बाँदर, मुसा लगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।

सङ्क्रमणबाट कसरी बच्ने ?
स्वास्थ्य मन्त्रालयले मङ्कीपक्सको सङ्क्रमणबाट बच्नका लागि सङ्क्रमणको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा छुट्टै राख्ने सुझाव दिएको छ ।

त्यस्तै सङ्क्रमितको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन सक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, ओछ्यान र भाँडा तातोपानी वा साबुन पानीले धुने गर्नुपर्ने मन्त्रालयको सुझाव छ ।

मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा निस्सङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने जस्ता कार्य गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पतालहरूमा पनि मङ्कीपक्सका लागि चिकित्सकहरू तोकिसकेकाले आवश्यक परे उनीहरूसँग परामर्श गर्न सकिने जनाएको छ ।

यकिन विवरण पाउन गाह्रो
डा. पुन चाहिँ यसबाट बच्नका लागि व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आग्रह गर्छन् । उनले भने, “यसबाट विशेष गरी गुप्त तथा यौन अङ्गहरूमा र छालामा सङ्क्रमण हुने भएकाले छाला रोग विशेषज्ञ कहाँ रोगीहरू पहिले पुग्ने हुन सक्छ ।”

“कतिपय अवस्थामा आफैँ निको भएकाले पनि सबैले नजँचाउँदा यसको यकिन विवरण पाउन गाह्रो छ ।” यद्यपि यो सङ्क्रमण कोभिडजस्तो डरलाग्दो नभएको उनले बताए । डा. अधिकारी पनि कोभिड जस्तै धेरै डरलाग्दो नभए पनि मङ्कीपक्सले सङ्क्रामक रूप लिन सक्ने भएकाले सतर्क बन्नुपर्ने बताउँछन् ।

यो कति खतरनाक छ ?
प्राय: यो भाइरसले मध्यम खालका असरहरू गर्छ । कहिले काहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ । यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामको मृत्यु भएको समेत पुष्टि भएको छ ।

कस्तो छ प्रकोपको विगत
थुनेर राखिएको एउटा बाँदरमा यो भाइरस पहिलो पटक पहिचान गरिएको थियो । सन् १९७० देखि नै अफ्रिकाका १० वटा देशमा यो भाइरसका कारण प्रकोप निम्तिएको देखिएको छ ।

सन् २००३ मा अमेरिकामा यसको प्रकोप देखियो । मङ्कीपक्स अफ्रिकाबाहिर देखिएको त्यो पहिलो पटक थियो । त्यतिबेला देशमा आयातित विभिन्न साना स्तनधारी प्राणीबाट समथर भागमा पाइने कुकुरहरू सङ्क्रमित भएका थिए।

कुकुरबाट मानिसलाई सङ्क्रमण सरेको थियो । कुल ८१ जनामा सङ्क्रमण देखिएको भए पनि कसैको उक्त भाइरसका कारण मृत्यु भएको थिएन । अभिलेखहरूका अनुसार सन् २०१७ मा नाइजिरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखियो।

त्यसअघि देशमा सङ्क्रमण पुष्टि भएको लगभग ४० वर्षपछि त्यहाँ नयाँ सङ्क्रमण देखिएको थियो । त्यहाँ १७२ जनामा मङ्कीपक्स देखिएको अनुमान थियो । तीमध्ये ७५ प्रतिशत सङ्क्रमितहरू २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए ।

उपचार के ?
मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ । यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ । त्यसैले अझै पनि उक्त खोपको प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
नेप्सेमा १०.२५ अंकको गिरावट
नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.