जीप दुर्घटना हुँदा दश जना घाइते
जानकारी केन्द्र
२०८०, असार, ७
रुकुम पश्चिम । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १ मा भएको बोलेरो जीप दुर्घटना परेर दश जना घाइते भएका हुन ।
आज बिहान जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्बरको जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उक्त जिपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घाइतेहरू सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
