• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १ दिन 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १ दिन 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. Mobilemandu is Opening it’s First Outlet in Kathmandu and Entering the Offline Market

  • ४. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • ५. २०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • ७. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • ८. साउथ एसिया ट्रेड फेयर २०२६ : क्षेत्रीय व्यापार विस्तार र लगानीका नयाँ अवसरहरू

  • ९. कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?

  • १०. नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

हेवाखोला तर्न तुइन र फड्केको सहारा

जानकारी केन्द्र २०८०, असार, १०

पाँचथर । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिवार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो ।

टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो ।

‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्‍यो’, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेसहित हेवाखोलामा भेटिएका पाँचथरवासीलाई भने, ‘ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो ।’

वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाको भनाइ छ ।

यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरकै दुई गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । तर एक साता बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माण हुनसकेको छैन ।

विगत तीन दिनदेखि हेवाखोलामा पानीको सतह निकै घटेको छ । पाँचथर उद्योग वाणिज्य सङ्घसहितका निकायको अगुवाइ तथा सुरक्षा निकायको सक्रियतामा हेवाखोलामा तुइन निर्माण गरिएको छ । मेची राजमार्गमा हेवाखोलाको वारिपारि दुईतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका छन् ।

तुइनको माध्यमबाट खोला पार गर्दै आएका यात्रुले आजबाट भने बाँसको फड्केबाट खोला तर्न पाएका छन् । राष्ट्रिय युवासङ्घ पाँचथरसहितका निकायले फड्के निर्माणका लागि बाँसको प्रबन्ध गरिदिएपछि नेपाली सेनाले फड्के निर्माण गरेको हो ।

तर छोटो समयमै सम्पन्न हुने डाइभर्सन निर्माणको कार्य एक साता बित्न लाग्दा पनि पूरा नहुँदा जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासीले समस्या भोग्दै आएका छन् ।

बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ । खाद्यान्नको अभाव हुन लागिसक्दा पनि पाँचथरतर्फबाट यथेष्ट चासो नदिइएकामा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाले गुनासो पोखे ।

डाइभर्सन निर्माणका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, सुरक्षाकर्मी, फिदिमका केही निर्माण व्यवसायी, पाँचथर उद्योग वाणिज्य सङ्घसहित सामाजिक क्षेत्रका अगुवाको सक्रियता देखिन्छ । तर चाँडो काम सम्पन्न गराउन सीमा जोडिएका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक कर्मचारीलगायतले निरन्तर सहयोग र समन्वय नगरिदिएको प्राविधिक गुनासो गर्छन् ।

पानीको सतह घटेको तीन दिन बितिसक्दा डाइभर्सन निर्माणका लागि शनिवार आठवटा ह्युमपाइप ल्याइएको छ । यस्तै डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको छ । प्राविधिकको सल्लाहबमोजिम १२ ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् ।

यसअघि सडक पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि जारी छ । सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर सो कार्य अहिलेकै गतिमा अघि बढे एक महिनामा पनि सम्पन्न हुन कठिन छ । बाढीले पुल बगाएर जनजीवन प्रभावित बने पनि समस्याको तत्कालीन र दीर्घकालीन हल खोज्न समन्वयकारी निकायको भूमिका कमजोर देखिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.