• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २९, २०८२
शुक्रबार, कार्तिक २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

१ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ७. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ९. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • १०. अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला

टङ्कीसिनवारी । नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा यहाँका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन् ।

इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन् । समूहमा मिश्रित समुदायका महिला सहभागी छन् । एकपटक नौमती बाजा बजाएको रू २५ देखि रू ३० हजार लिने गरिएको छ । समूहका महिलाले आफूलाई तीन टोलीमा विभक्त गराई विभिन्न स्थानमा नौमती बाजा बजाउन जाने गरेका छन् ।

केही समय पहिलेसम्म कुनै एक समुदाय विशेषका पुरूषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातिय भेदभाव जगाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् । नौमती बाजामा पुरूष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले पनि बाजा बजाएर आर्थिक आम्दानी गरिरहेका छन् ।

“नौमती बाजाले विभिन्न जाति र समुदायका महिलाबीच जातीय सौहार्दता कायम गर्न मद्दत गरेको छ”, समूहका सदस्य यमुना बुढाथोकीले भने, “पारम्परिक बाजा बजाएर जीवनयापन गर्ने महिलालाई हेयको दृष्टिले हेर्ने समाजमा अहिले सकारात्मक परिवर्तन आउन थालेको छ ।” उनका अनुसार महिला वाद्यवादकलाई समाजले स्वीकार्न सुरू गरेको छ ।

विवाह, व्रतबन्ध, पास्नीलगायत विशेष अवसरमा पञ्चे र नौमती बाजा बजाएर मनग्य आम्दानी गर्न महिला सफल हुँदै गएका बुढाथोकीको भनाइ थियो । उनले समूहका महिलाले शुभकार्यका साथै विभिन्न अवसरमा नौमती बाजा बजाउने गरेका भन्दै बाजा बजाउन समूहका महिलालाई वर्षको आधाजसो समय भ्याइनभ्याइ हुने गरेको सुनाए ।

वैवाहिक कार्यक्रममा नौमती बाजा बजाउन उक्त समूहको एक टोली विराटनगर पुग्दा त्यहाँ महिलाले नौमती बाजा बजाएको देखेर विराटनगरवासीले उत्सुकतापूर्वक हेरेका बुढाथोकीले बताए । “समाजमा रहेका विभिन्न जातजातीका महिला आबद्ध भएर महिलाले पनि पुरूषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिनका एकजुट भएका छौँ”, उनले भने, “हाम्रो समूहले सामाजिक सद्भाव कायम गर्दै जातीय भेदभाव अन्त्य गर्ने उद्देश्यले काम गरिरहेको छ ।”

महिला कमजोर भएर घरै बस्नु हुँदैन भन्ने सोचका साथ आफूले नौमती बाजा बजाउन सिकेको बुढाथोकीको भनाइ थियो । उनले सुरूसुरूमा बाजा बजाउँदा समाजका केही अगुवाले बाटो विराए भनेर तर्क गरे पनि अहिले विस्तारै सबैको सोच बद्लिँदै गएको बताए । उनले कुनै पनि पेसा ठूलो सानो नहुने भन्दै नौमती बाजाले आफूलाई सशक्त हुन प्रेरणा दिएको बताए ।

समूहका अर्का सदस्य गीता कटुवालले ७० वर्षको उमेरमा नौमती बाजा बजाउँदै नाच्दै हिँड्ने गरेको बताए । घर बस्नुभन्दा नौमती बाजा बजाउन सिकेर हिँड्दा आम्दानी पनि हुने गरेको उनको भनाइ थियो । कटुवालले भोजभतेरमा कतिपयले खानेकुरा छुन नदिने र पर बस भनेर अझै भन्ने गरेको गुनासो गरे । “हामी जहाँ जान्छौँ त्यहीँ जातीय सौहार्दता र सामाजिक एकताको सन्देश दिने गरेका छौँ”, उनले भने ।

नौमती बाजा बजाउने टोलीका सदस्यहरु सम्पूर्ण पोखरेल, शशिकला दाहाल, यशोदा सुवेदी, तेजकुमारी राई, कविता राईले कोरोनाकालमा घरमै बसेका बेला आय आम्दानी नहुँदा जीविकोपार्जनमा समस्या परेको बताए।

“महिलाले पनि कमाएर खान सक्छन् भनेर सन्देश दिनका लागि घर छिमेक र समुदायका महिला मिलेर नौमती बाजा बजाउन सिकी व्यावसायिक रुपमा बाजा बजाउन थालेका छौँ”, कविता राईले भने । सुरूमा घरपरिवार र समाजले हेयको दृष्टिले हेरे पनि सामाजिक सदभाव जगाउँदै जातीय भेदभाव अन्त्यका लागि महिला एकजुट भएर काम गरिरहेको उनको भनाइ थियो ।

समूहका सदस्यले कुनै पनि काम सानो वा ठूलो नहुने भन्दै जातपातका नाममा हुने भेदभावबाट समाज मुक्त हुनुपर्नेमा जोड दिँदै जातीय एकताका लागि पनि एकजुट भएर नौमती बाजा बजाउन थालिएको बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो
    तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

    डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

    तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

    फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    • डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो
    • तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?
    • फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड
    • नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.