काठमाडौं विश्वको प्रदूषित सहरमा पर्नु चिन्ताको विषय : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं सहर विश्वका पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत यस्तो बताएका हुन् ।
५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौं सहर स्वास्थ्यको दृष्टिकोणबाट चिन्ताको विषय भएपनि यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको उनको भनाई छ ।
‘हिजो ट्विटर स्क्रोल गर्दै जाँदा’वर्ल्ड अफ स्ट्याटस’ भन्ने ट्विटर ह्यान्डलबाट आएको एउटा ट्विटमा आँखा अडिए । त्यसमा विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो,’ ओलीले भनेका छन्, ‘५० लाख भन्दा बढी मानिस बस्ने यस सहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ ।’
उनले काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गरिरहेपनि यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक रहेको बताएका छन् ।
‘हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ-आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौँ । प्रदूषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔँ’, ओलीले भने ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

